लेटाङ जाँते । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय म नेपाली समूहले झापाको गौरादहकी क्यान्सर पीडित महिलाको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।
गौरादह–८ झापा घर भएकी पार्वता न्यौपाने (भट्टराई) को उपचारका लागि संकलन गरिएको १७ हजार ६ सय १ रुपैयाँ रकम आइतबार मोरङको लेटाङ निवासी उनकी दिदीलाई घरमै पुगेर हस्तान्तरण गरेको हो । म नेपाली समुहका एडमिन सागर वास्तोला, सदस्यहरु सन्तोषकुमरा जैशवाल, पुण्य सापकोटा, मातृका घिमिरे लगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।
मोरङको लेटाङ नगरपालिका वडा नम्बर ८ जाँतेमा माइती घर भएकी न्यौपानेको उपचारमा आर्थिक अभावका कारण समस्या भएको जानकारी पाएपछि विराटनगरमा गएर रकम संकलन गरि पीडितकी दिदीलाई हस्तान्तरण गरिएको समुहका सदस्य पुण्य सापकोटाले जानकारी दिए । क्यान्सर पीडित न्यौपानेको हाल काठमाडौंमा उपचार भइरहेको छ । भत्तपुर हस्पिटलमा उपचार गराइरहेकी न्यौपानेलाई अझै २ लाख अभाव रहेको छ ,। सवै जायजेथा सकिसकेको उन्को अवस्था नाजुक रहेको मात्रिका घिमिरेले बताए ।