काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र लालटिनले करोड भन्दा माथीको व्यापार गरेको निर्देशक देव कुमार श्रेष्ठले बताएका छन् ।
नायिका प्रियंका कार्की र नायक दयाहाङ राईद्धारा अभिनित उत्त फिल्मले राम्रो कलेक्सन गरेको छ । दयाहाङ र प्रियंकाको जोडी यस अगाडीमा पनि निकै जमेको जोडी हो ।
निर्माता भानुप्रतावका अनुसार चलचित्रले प्रदर्शनकै दिन अर्थात शुक्रबार उपत्यकामा मात्र १५ लाख र मोफसल ९ लाखको कमाई गरेको दावी गरेका छन् ।
त्यस्तै चलचित्रले शनिबार उपत्यकामा ३८ लाख र आइतबार २० लाखको कमाई र मोफसलमा शनिबार २२ लाख र आइतबार १३ लाखको कमाई गरेको थियो । सोमबार र मंगलबार पनि यहि हाराहरीको ब्यवसाय गरेको निर्माता भानुले बताएका छन् ।
काठमाडौ सहरभित्र हुने अपराधिक क्रियाकलाप र त्यसले निम्त्याएको परिस्थितिलाई चित्रण गरेको ‘लाल्टिन’ दयाहाङ राई, प्रियका कार्की, निर्जन थापा, राज कटुवाल लगायतका कलाकार अभिनित चलचित्र हो ।