Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

भोला भए खलासी

काठमाडौ । रंगकर्मी भोला अधिकारी बुधबार काठमाडौको चावहिलमा खलासी काम गरिरहेका थिए । छड्के क्याप लगाएर गाडीको ढोकाबाट यात्रुलाई भित्र पसाउदै बस्न आग्रह गर्दै गरेका भेटिए ।
                                           यात्रु चढ्ने र ओर्लने भईरह्यो । भोला ड्राईभरलाई जाउजाउ गुरुजी भन्दै ढोका ढकढक्याए । गाडी हिन्यो ।  एक्कासी टिकट काउन्टर तिरबाट कट भन्दै निस्किए  निर्देशक दिप सागर । बाटोमा  पैदल यात्रीहरुको भिड हुने चावहिलमा भोला अधिकारीलाई हेर्नेको घुँइचो भई  हाल्यो । भोला एउटा म्युजिक भिडियोमा अभिनय गरिहेका थिए ।
                                     तर अधिकाँस यात्रुलाई सुटिङ हो भनेर थाहा भएन । कतिपय यात्रुले भोलालाई खलासी नै रहेछ भन्ठानेर कोटेश्वर जान्छ भाई भनेर सोधे । “ सुपर अरनी ” बोलको गीतमा भोला खलासीको भुमिकामा प्रस्तुत भएका हुन । नाटक र म्युजिक भिडियोमा सकृय रुपमा देखा पर्दै आएका भोला यो म्युजिक भिडियोमा फरक भुमिकामा देखिएको छु भोलाले भने । गायक बुद्ध बहादुर खत्री र प्रिया सेन्चुरीले गाएको लोक भाकामा भोलाका अलवा देव तामाङ, माया कार्कीले अभिनय गरेका छन् ।  भिम सुनार प्रस्तुतकर्ता रहेको यस गीतलाई लय शब्द रामचन्द्र श्रेष्ठको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget