Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

(भाजपा)ले निर्वाचन आयोगमा दल दर्ता ,।


काठमाडौं । सरकारलाई घुक्र्याएर चुनावमा नगएको राजपाले अन्तत  २ नम्वर प्रदेशमा भाग लिने छाटकाट देखाएको छ । चुनाव भाड्ने रणनिति बनाएको  राष्ट्रिय जनता पार्टी नेपाल  (भाजपा)ले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।  अव चुनावमा जान भाजपालाई बाटो खुलेको हो ।
                                        असोज २ गते २ नम्बर प्रदेशमा स्थानीय तहको तेस्रो चरणको चुनाव हुँदैछ । मधेशवादी दलहरुसँगको सहमतिका लागि नै सरकारले असोज २ गतेका लागि दुई नम्बर प्रदेशको स्थानीय तहको चुनाव सारेको थियो । दोस्रो चरणको चुनावमा विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएर दुई ठाउँमा जित हासिल गरेका राजपा नेपालले तेस्रो चरणको चुनावमा भाग लिने तयारीमा जुटेको छ । अरु भन्दा २ नम्वर क्षेत्र भाजपाको पकड क्षेत्र मानिन्छ ।
                                   राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले दल दर्ता गराउँदैमा चुनावमा भाग लिनुपर्छ भन्ने नभएको उल्लेख गर्दै आफूहरुको माग पूरा गरेर चुनावको वतावरण बनाए मात्र चुनावमा भाग लिने बताए। उनले भने, ‘सरकारसँग शुक्रबार वार्ता छ, त्यसमा के कुरा हुन्छ त्यसपछि मात्र केही भन्न सकिन्छ ।’
चुनावका भाग लिने नलिने विषयमा छलफलका लागि राजपा नेपाललाई वार्ताका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार बोलाएका छन् । उत्त वार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागिता रहने बताईएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget