Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

झापामा कृष्ण र लयलाई अभिनन्दन


बिर्तामोड २६,असार ।  झापाको बिर्तामोडमा पत्रकार र कलाकार सम्मान  गरिएको छ । बरिष्ठ तथा  मिलाप  मासिकका सम्पादक कृष्णा भुषाल र कलाकार लय संग्रौलालाई अभिनन्दन गरिएको हो । बिर्तामोडका युवा उद्योगपति प्रदीप मित्तलको निवासमा  कार्यक्रममा आायो जना गरि मित्तलले अभिनन्दन गरेका हुन्  । त्यस्तै उक्त  कार्यक्रममा प्रदीपको जीवन यात्रा समेटिएको ‘प्रदीप मित्तल एक निरन्तर यात्रा’ नामक पुस्तक तथा श्रव्य दृश्य सामग्री सार्वजनिक गरिएको थियो ।
                        प्रदीपका पिता द्वारिकाप्रसादले पुस्तक तथा बिर्तामोडका नवनिर्वाचित मेयर ध्रुवकुमार शिवाकोटीले श्रव्यदृश्य सामग्री सार्वजनिक गरेका थिए । उद्योगपति प्रदिपले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेयर शिवाकोटी, मेचीका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारी, पुस्तकका सम्पादक कलाकार संग्रौला, मिलाप मासिकका सम्पादक÷प्रकाशक कृष्ण भुसाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका वक्ताले युवा उमेरमै सामान्य व्यवसायीदेखि ठूलो उद्योगपतिको रुपमा स्थापित प्रदिपको जीवन सङ्घर्ष र सफलताका रहस्य समेटिएको पुस्तक अरुका लागि प्रेरक भएको बताए । कार्यक्रममा बिर्तामोडकी उपमेयर पवित्रा महतरा प्रसाईं लगायतको आतिथ्य थियो ।

कभरसहित १८० पृष्ठको पुस्तकमा उद्योगपति प्रदिपको जीवन यात्रादेखि उनको उद्योग व्यवसायका क्षेत्र समेटिएको छ । त्यस्तै उनलाई नजिकबाट चिन्ने सहकर्मीहरुको लेख समेत पुस्तकमा समेटिएको छ भने श्रब्य दृष्यमा पुस्तकमा भएका अंशहरुलाई प्रस्तुत गरिएको छ । कार्यक्रममा मित्तलले पत्रकार सहारा उपचार कोषका झापाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए । पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई उद्योगपति प्रदीप तथा उनका पिता द्वारिकाप्रसाद मित्तलले उक्त रकम हस्तान्तरण गरेका थिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget