Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बावुको स्वास्थ्यमा सुधार, बैसाकी छ सहारा ।

               
काठमाडौ ३०,असार ।  नेपाली गीत संगीत तथा  तामाङ सेलोको म्युजिक भिडियो निर्देशन गर्दै आएका  बाबू जिम्बा तामाङ    केहि समय देखी दुर्घटनामा परेर घाइते अवस्थामा छन् ।
                                            उन्ले  नेपालमा चलेका कलाकार देखि नयाँ कलाकारहरुसँग काम गरिसकेका छन् । उनको संघर्षको कथा हेर्ने हो भने एउटा गलैंचा कारखानाबाट शुरु भएका हो । गलैचा बन्दै साइड निर्देशन र अभिनय  गर्दै आएका बावु एकाएक चर्चामा आएका हुन । चर्चित गायक प्रमोद खरेल ,स्वरुपराज आचार्य ,इन्दिरा गोले ,निर्मला घिसिङ,मनोजराज लगायतले बावुको  ुंगीतमा आवाज दिईसकेका छन् । २ सय भन्दा बढि गीतमा  निर्देशन गरिका बावुले ४० वटा गीतमा  आफ्नो  संगीत स्रोतामाझ दिईसकेका छन् । उनले नेपाली चलचित्र पनि बनाएका छन् ।
                                         केहि छोटा शन्देश मुलक चलचित्र बनाएका पनि न् । उनले  बनाएको फिल्म मजदुरले खासै चर्चा  कमाएन । हाल उनि असत्त अवस्थामा घरमै दिन विताउन विवस भएका छन् । उनि विरक्तीएर दिनहरु काटिरहेका छन् जोरपाटी स्थित आफ्नै  डेरामा ।  उनले जोरपाटीमा मजदुर फिल्म प्रा.ली.  डान्स सेन्टर नि सञ्चालन गदै आईरहेका थिए । उनको विहान बेलुको छाक यसैले टर्दथ्यो । मोटरसाईकल दुर्घटनामा परेर एउटा खुट्टा भाचिए पछि उन्को साहारा  बैसाकी  भएको छ । उनको मन भने  चलचित्र बनाउने र म्युजिक भिडियो बनाउने नै छ । आफु ठिक भएपछि फेरी गीत संगीतमै  लाग्ने  बताएका छन् । बावुले एक दर्जन भन्दा बढी तामाङ सेलो गीतमा समेत स्वर दिएका छन् । बहुप्रतिभाका धनि बावु  जिम्बा तामाङ  फेरि  गायन क्षेत्रमा फर्कने बताउछन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget