Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

१५ दिन भित्र काठमाडौमा खाल्टाखुल्टी भेटिए कार्वहि गर्न प्र्रधानमन्त्रीको चेतावनी ।


काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले  काठमाडौंको बाटोमा खाल्टाखुल्टी  देख्न नपरोस भन्दै कडा चेतावनी  दिएका छन् ।  काठमाडौको अवस्था नाजुक भएको भन्दै  बजेट  नपुगे  थप बजेट दिन सरकार तयार रहेको  निर्देशन दिएका छन् । १५ दिन भित्र काठमाडौमा खाल्टाखुल्टी भेटिए कार्वहि गर्ने  चेतावनी दिएका छन् ।  आइतबार सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजनालगायत सरोकारवाला मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका छन् ।
शुक्रबार अपरान्ह राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयालको ढलले बगाएर निधन भएको र सामखुशीमा स्कुले बालिका सत्या सापकोटाको ढलले बगाएर उद्दार गरिएको घटनाप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री देउवाले यस्ता समस्या नदोहोरिने गरी समाधान गर्न निर्देशन दिएका छन् ।

‘अवस्था छ । तपाईहरु के गरिरहनु भएको छ । काठमाडौं उपत्यकाका खाल्डाहरु तत्काल पुर्नेहोस्, त्यसको लागि थप वजेट चाहिए म उपलव्ध गराउँछु ।’

विजुलीको पोल गाड्नुहोस्’ प्रधानमन्त्रीले भने, ‘मैले अवको १५ दिनभित्र काठमाडौंमा खाल्डा खुल्डी देख्न नपरोस् । मलाई रिपोर्ट गर्नुहोस् ।’प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाका नेपाल टेलिकम, विद्युत प्राधिकरण र सडक विभागले समन्य गरेर काम गर्न पनि निर्देशन दिएका छन् । ‘एकै पटक खाल्डो खनेर बनाउन सकिने तपाईहरु किनतीन पटक खाल्डो खन्नुहुन्छ’ भन्दै प्रश्न गरेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget