Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

बैङलोरमा नेपाली विद्यार्थीलाई कुभिण्डोको झोल ।

 
बैङ्लोर ३०,असार । नेपालीको सपना बिदेशमा गएर राम्रो पढ्ने । तर  बैङ्लोरमा हरेकका हरेक नेपाली विद्यार्थीको सपना कुभिण्डोको झोलमा आईपुगेको छ । बैङ्गलोर–भूगोल र सांस्कृतिक रूपमा बैङ्गलोर र नेपालमा धेरै भिन्नता छन् । जसका कारण खानपिनमा पनि धेरै भिन्नता छ । नेपालीहरू खानामा दाल भात र तरकारी खाने गर्छन्, जुन राष्ट्रिय खाना पनि हो । तर बैङ्गलोरमा बस्नेहरू भने दक्षिण भारतीय खाना, इडली, डोसा, साम्बर बाडा आदि खान्छन् ।     तर नेपाली स्वादअनुसार नहुने भएकाले नेपालीहरू यो खाना खानै सक्दैनन् ।
काठमाडौँमा काउन्सेलिङ हुँदा गर्दा होस्टलमा नेपाली खाना खान पाइने भनेर विद्यार्थीलाइ फकाइफुल्याइ गरिन्छ । चित्त नबुझे आफैले पकाएर खान पाइन्छ पनि भनिन्छ । तर, बैङ्गलोरको यथार्थ भिन्न छ । त्यहाँ न नेपाली खानेकुरा खान पाइन्छ न त आफैले पकाएर खान पाउने व्यवस्था नै छ ।  बैङ्गलोरको राजाराजेश्वरी कलेज अफ नर्सिङमा अध्ययन गरिरहेकी काठमाडौँकी सुविना भन्छिन्, बैङ्गलोरको खानाले धेरै नेपाली विद्यार्थीहरू बिरामी परेका छन् ।
                           किनभने यहाँको खाना आम नेपालीले खान सक्ने अवस्थाको नै छैन । उनी भन्छिन्, ‘कन्सल्टेन्सीले सुरुमा कुरा गर्दा नेपाली खाना खान दिन्छ भनेको थियो । तर जब हामी कलेजमा आइपुग्यौँ, कन्सल्टेन्सीले बोलेको झुठो रहेको प्रमाणित भयो । किनभने यहाँ त नेपाली खाना देख्न पनि नपाइने रहेछ । खाए पनि नखाए पनि त्यही साउथ इन्डियन खाना हो ।’सुविनाका अनुसार बैङ्गलोरमा धेरैजसो नेपाली विद्यार्थीहरू खानाकै कारण बिरामी पर्छन् । किनभने खाना नमिठो हुँदा नेपाली विद्यार्थीहरूले राम्रोसँग खान पाएकै हुँदैनन् । उनी अगाडि थप्छिन्, ‘पढाउँदा यो र त्यो खानामा यति पौष्टिक हुन्छ भन्छ, दिनुपर्छ भन्छ । तर त्यस्तो पौष्टिक खाना नै दिँदैन ।
                            तरकारीमा कुभिण्डोको झोल दिन्छ, त्यो कसरी खानु ?खानाका लागी  नेपाली विद्यार्थीहरूले होस्टललाई खानको पैसा बुझाएको भए खानाकै लागि आफैले  खर्च गर्नु परेको छ । यहाँ प्रतिविद्यार्थी मासिक नेपाली ६ हजारको हाराहारीमा थप खर्च गर्न परिरहेको छ ।  लुकीलुकी आफै इन्डक्सन किनेर ल्याएर पकाउने कोसिस पनि गर्यो भने जफतसमेत गरिने सुविनाले बताईन ।’ सुविना र शर्मिला मात्रै होइन, बुटवलकी संजिताको समस्या पनि त्यही छ । बैङ्गलोरमा नेपाली विद्यार्थीहरूले भोगेको अर्को प्रमुख समस्या भनेका खानेकुराकै हो । खाने  कुरा मिठो नभएका कारण  नेपाली धिद्यार्थी  कमजोर र दुव्लाउदै गएका छन् । एउटै होस्टेलका कोठहरुमा ६ देखि जनासम्म कोचाएर राख्ने गरेको एक विद्यार्थीले बताए ।


Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget