शिवसताशी धाम झापामा एमाले विजयी ।
झापा २२असार । झापाको शिवसताक्षी नगरपालिकाको मेयरमा नेकपा एमाले बिजयी भएको छ । एमालेका चन्द्रकुमार शेर्मा लिम्बु १४६८४ मत प्राप्त गरी बिजयी भएका छन् ।
त्यस्तै उपमेयरमा पनि एमालेकै भोजकुमारी नेपाल १४९६० मतका साथ बिजयी भएकी छन् । मेयरमा कांग्रेसका निकटतम प्रतिद्वन्द्वी परशुराम ढुंगानाको ९८५६ मत छ भने उपमेयरमा कांग्रेसकी जयकुमारी चेम्जोङको ९३२४ मत प्राप्त भएको छ ।
झापाका १५ स्थानीय तहमध्ये अब मेची,दमक,अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको मत परिणाम आउन बाँकी छ । कांग्रेस र राप्रपाले बराबरी ३ ३ स्थानीय तह जितेका छन् । हालसम्म एमालेले बिर्तामोड,भद्रपुर,कनकाइ र शिवसताक्षी नगरपालिका तथा कमल गाउँपालिका जितेर अग्रता लिएको छ ।