Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

शिवशक्ति कल्याणी केन्द्रद्धारा पशुपतिमा बोलबम महोत्सवको आयोजना

काठमाडौ १०,साउन ।  शिवशक्ति कल्याणी केन्द्रद्धारा काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा १७ दिने धार्मिक महोत्सव सञ्चालन गर्ने भएको छ । यस अघि विभिन्न धार्मिक कार्यक्रम एवम अनुष्ठानहरु सम्पन्न गर्दै आएको केन्द्रद्धारा यसपटक भने शिवमहापुराण पितृ महामृत्युञ्जय महायज्ञ,बाह्र ज्योर्तिलिंगहरु,विभिन्न देवी देवताहरुको दर्शन पुजन तथा बोलवम महोत्सव  आयोजना गर्न लागेको हो ।
           महोत्सव २०७४ श्रावण १३ गतेदेखि ३० गतेसम्म चल्ने आयोजकले बताएका छन् । महोत्सवमा सबै हिन्दुधर्मावलम्वीहरुलाई सहभागी हुन आग्रह गर्दै आयोजकले महोत्सवबाट प्राप्त भएको दान रकमबाट चितवनको देवघाटधाममा महिला बेदविद्याश्रम निर्माण गरिने बताएका छन् । महोत्सव पशुपतिनाथ मन्दिरस्थीत बनकाली क्षेत्रमा माधवराज सुमार्गी स्मृति भवन अगाडी सञ्चालन गरिने बताईएको छ ।



Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget