काठमाडौ । २०६२ सालमै पाँचथर आइडलको उपाधि जितेर साङ्गीतिक क्षेत्रमा सक्रिय गायक शंकरले २०६४ सालमा पूर्वाञ्चल आइडलको उपाधि जितका डेभिडले दोस्रो गीती एल्वम “इन्टिमेट” स्रोता तथा दर्शकमा ल्याएका छन् । हिजो काठमाडौमा एक कार्यक्रमका वीच उक्त एल्वमको विमोचन गरिुको हो । उनको पहिलो एल्बम ‘माई ड्रिम्स’ २०६८ सालमै बजारमा आएको थियो । गायक डेभिड शंकरले आफ्नो जन्मदिनमा छेको पारेर ‘इन्टिमेट’ एल्बम लिएर आएका हुन् ।
बरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यमा चुडामणि देवकोटा, सङ्गीतकार राजु सिंह, महेश खड्का, विकास चौधरी, लोक गायक तुलसी पराजुली, शंकर अधिकारी ‘घायल’ पत्रकार डब्बु क्षेत्री, डेभिडका बुबा भवानी शंकरलगायतले एल्वमको लोकार्पण गरे ।
‘इन्टिमेट’मा ‘म तिम्रो यादमा रुन पनि नसक्ने’ ‘तिमीले सुनेऊ र’, ‘आज आफ्नै जिन्दगीमा‘’, ‘आइकम बिकम‘’, ‘छम् पाउजुको तालैमा‘’ पाँच गीत समावेश रहेका छ । उत्त एल्वममा रहेका गीतमा डम्बर नेपाली, फराज अर्पण, बिकास चौधरी, शंकर अधिकारी ‘घायल’ पुरन थापा र डेभिड आफैँको शब्द, सङ्गीत रहेको छ ।
कार्यक्रममा अतिथिहरुले उनलाई शुभकामना दिएका थिए भने जन्मदिनको अवसरमा बजारमा आएको ‘इन्टिमेट’ले राम्रै चर्चा पाउने आसा व्यक्त गरे । ‘आफ्नो सन्तानको प्रगतिमा खुशी छु, आज मेरो यो सवैभन्दा खुशीको क्षण हो’, डेभिडका बुबा भवानीले भने, छोराको सफलतामा खुशी छु ।
‘मैले सपनामा प्रेम ध्वज प्रधानलाई देखिरहेको र आफ्नो एल्बम उहाँकै हातबाट सार्वजनिक गर्न पाउदा खुशी छु’, डेभिडले कार्यक्रममा भने । ‘मलाई दर्शक–स्रोताले माया गरिरहनु भएको छ, यो डेभिड मेरो आसाको किरण समेत रहेको बताए । उक्त अवसरमा एल्बममा समाबेश आइकम बिकम बोलको गीतको भिडियो सहित उक्त गीतको भाबको डकुमेन्ट्रि पनि सार्वजनिक गरिएको गरिएको थियो । फराज अर्पणले निर्देशन गरेको डकुमेन्ट्रिमा डेभिडले नै अभिनय गरेका छन् ।
सुगम सङ्गीतमा आफूलाई अब्बल बनाउँदै लगेका डेभिड पछिल्लो समय चलचित्रको पाश्र्व गायनमा पनि सक्रिय छन् ।