काठमाडौ १०,साउन । अवि फिल्मस् प्रोडक्शनको पहिलो प्रस्तुती, सोनम थापा, राजन दुलालको निर्माण रहने चलचित्र ’एकलब्य’ को गीत रेकर्ड शुरु भएको छ । राजेन्द्र बजगाँईको संगीतमा रामचन्द्र काफ्ले र जुनु रिजाल ’काफ्ले’ले स्वर दिएका छन् ।
समसामयिक विषय वस्तुमा आधारित एक्शन, कमेडी चलचित्र ’एकलब्य’ को छायांकन यही साउन ३० गतेबाट उपत्यकाका विभिन्न स्थानबाट शुरु हुने कुरा प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकीले जानकारी गराएका छन् ।
यस चलचित्रमा सोनम थापा, पुष्कर राउत, नमिता राई, बिराट ल्वोगन, पेमा लामा, राजन दुलाल आदि कलाकारले अभिनय गर्ने पक्का भएका छन् । यस चलचित्रलाई भोजराज देवकाटा लेखेका हुन भने द्धन्द्ध शंकर महर्जन रहने छ । यस चलचित्रको छायांकन कृष्ण श्रेष्ठ गर्नेछन् भने, निर्देशन अनमोल शर्माको रहने छ ।