कसुरको मुर्हत
काठमाडौं, १९ । कसुर चलचित्रको राजधानिमा मुर्हत गरिएको छ । दिक्षा फिल्मस् क्रियशन प्रा।लि।को ब्यानरमा निर्माण हुने चलचित्र ’कसुर’को राजधानीमा आयोजित एक कार्यक्रमका बीच शुभमुहूर्त गरिएको हो । चलचित्र बिकास बोर्डका सदस्य उत्तम के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको सभापतित्व मिलाप मासिकका सम्पादक कृष्ण भुषालले गरेका थिए ।
कसुर’मा किशोर खतिवडा, सोनिका बास्तोला, राजेन्द्र बस्नेत, मिना प्रसाई, उषा अधिकारी, आस्मा गच्छेदार, गोविन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ ।
सस्पेण्ड थ्रीलर, समसामयिक विषय वस्तुलाई समेटिने बताईएको ’चलचित्रलाई दिनेश पौडेलले निर्देशन गदैछन् । । यसै साताबाट पूर्वाञ्चलको विभिन्न स्थानमा छायांकन हुने ’कसुर’का प्रस्तुतकर्ता कुमार श्रेष्ठ हुन भने निर्माता भानु न्यापाने, महादेव शाह, सहनिर्माता कृष्ण श्रेष्ठ हुन । यसमा संगीत ओम सुनार, नृत्य कविराज गहतराजको छ ।