Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दयाहाङ र राजेश “कोही उदासमा ” । भिडियो सहित


काठमाडौ १६,साउन । 

  चर्चित गायक भिषण मुकारुङले  राष्ट्रको मोति भन्दा मुल्यबान सम्पति युवालाई देशले चिन्न नसकेको र युवा भित्रको उर्जा  बिदेशमा बेच्नु पर्ने बाध्याता गीत मार्फत पोखेका छन् । उत्त गीतमा देश भक्त युवालाई विदेशमा होइन स्वदेशमै केहि गर्नु पर्छ भन्ने सन्देश दिन खोजिएको छ । अनि बास्तविक्ताको  गीत ‘कोही उदास’ को भिडियो लिएर दर्शक माझ आएका छन् भिषण मुकारुङ  ।  उनको ‘चन्द्र मुखी’ एल्बममा समावेश रहेको यो गीतमा युवा संघर्ष र उनीहरुको पिडा समावेश गरिएको छ ।
बिहीबार आफ्नो जन्म दिनको अवसरमा उनले भिडियो सार्वजनिक गरेका हुन् । गीतको शब्द सृजना शुभ मुकारुङले गरेका  हुन् भने संगीत बलराम समालले गरेका हुन् ।
विज्ञान राईले निर्देशन गरेको भिडियोमा योगेन्द्र राई, करण धिताल, पल्पसा डंगोल लगाएतको अभिनय रहेको छ ।

गायक मुकारुङको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको भिडियो विज्ञान र योगेन्द्रले निर्माण गरेका हुन् । गायक मुकारुङले आफ्नो करिअरकै सबैभन्दा उत्कृष्ट र जिवन्त गीत भएको सुनाए । उनले जीवनमै पहिलो पटक बिना लगानी म्यूजिक भिडियो निर्माण भएको भन्दै विज्ञान र योगेन्द्रलाई धन्यवाद समेत दिए । गीतकार  शुभ मुकारुङले आफुले नेपाली समाजको यथार्थलाई शब्दमा उतारको बताए । कार्यक्रममा उपस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङ,
गायक राजेशपायल राई, संगीतकार पारस मुकारुङ, नायक दयाहाङ राई लगायतले जिवन्त गीत बनेको बताए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget