काठमाडौ । दोलखा फिल्मस प्रा. लि.को व्यानरमा निर्माण हुन गइरहेको अनटाइटल प्रोजेक्टको लागि नायक दिनेश केसीले १० लाख पारिश्रमिक बुझेका हुन् । २०६७ सालदेखि यो रंगिन दुनियाँमा प्रवेश गरेका नायक केसीले बल्ल आएर एक राम्रो व्यानरमा जोडिने मौका पाएको बताए ।
दोलखा फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रमा श्वदेशी तथा विदेशी कलाकार रहने जनाएको छ । करिब दुई दर्जन म्यूजिक भिडियोमा मोडलिङ गरेका दिनेशले आएमक्रेजि, दानव, नेपथ्य, वादशाह, खतरनाक, सिसा, निशाफ, झमेला, लाले लगायतका चलचित्रमा काम गरिसकेका छन् ।
बेल्जियम निवासी नेपालीले निर्माण गर्न लागेको चलचित्रमा दिनेशको शीर्ष भूमिका रहने छ ।
चलचित्रको यूरोपका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिने बताईएको छ । थाइल्याण्डबाट सुटिङ सुरु हुने चलचित्रमा उनिसंग चार नायिकाले अनस्क्रीन रोमान्स गर्ने छिन् भने चलचित्रमा एक लभर ब्वाईको भूमिका नायक दिनेश देखिने छन् । सस्पेन्स लभस्टोरी विषयवस्तु समेटिने चलचित्रमा दिनेश केसीको केन्द्रिय भूमिका रहने छ भने हाल निर्माणपूर्वका सम्पूर्ण तयारी पुरा भैसकेको निर्माणपक्षले जानकारी गराएका छन् ।