Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मधुको “ रुपै मेरो झलल” यस्तो छ भिडियो ।


काठमाडौ १०,साउन । चर्चित लोक गायिका मधु क्षेत्रीले रुपै मेरो झलल बोलको गीत दर्शक तथा स्रोतामाझ आएको  छ । “रुपै मेरो भलल” बोलको गीतमा मधु आफैले कम्मर मर्काएकी छन् । उनले बजारमा लिएर आएको तीज गीत ‘पातै फरर...’मा यस्तो भनेकी हुन् ।
                                       आशिष म्युजिक प्रा.लिले बजारमा ल्याएको यो गीतमा मधुले नै कम्मर मर्काएकी छन् । उनलाई आश्विन मगरले अभिनयमा साथ दिएका छन् । भद्र वलीको शब्द÷सङ्गीत रहेको गीतको भिडियोलाई बासु बरालले छायाँकन गरेका हुन् भने सम्पादन राजेशकुमारले ।
थुप्रै गीत मार्फत दर्शक–स्रोताको मन जित्न सफल मधुको केही महिना मधुको ‘ब्युटी ब्युटी छ....’ले राम्रै चर्चा पाएको थियो । पछिल्लो समय तीज गीतमा विकृति आएको भन्दै उनले यसको मर्म र भावना अनुसार गीत बजारमा ल्याउनु पर्ने बताइन । ‘मैले यसैलाई मध्यनजर गर्दै पातै फरर... बजारमा ल्याएकी हुँ’, उनले भनिन् ।
करिव ७ वर्षदेखि नेपाली गीत–सङ्गीतमा आफ्ना क्रिएशनहरु दिँदै आएकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यससम्बन्धी अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् ।
                          सुदूरपश्चिम कैलालीको चौमालामा बुबा पदमसिंह र पदमादेवी सिङ्गालको कोखबाट जन्मेकी मधुले सबै खाले गीत गाउने गरेकी छन् । तर, उनको पहिचान भने लोकगीत रहेको छ । सङ्गीतलाई दुःख सुखको साथी मान्ने उनी पछिल्लो समयमा लोकगीतमा आएको विकृतिमा चिन्तत भएको बताउँछिन् । ‘दोहोरीमा अहिले फोहरी भइरहेको छ, यो राम्रो होइन’, उनी भन्छिन् । देश र देशबाहिरका विभिन्न साङ्गीतिक कार्यक्रमहरुमा सहभागी हुने गरेकी उनी आफ्ना अन्य गीत जस्तै यसपालीको तीज गीत ‘पातै फरर...’ले स्रोता÷दर्शकको औधी माया पाउने दाबी गर्छिन ।
https://www.youtube.com/watch?v=Qi98uY7oAGE

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget