Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

डा. सुवेदीलाई संसदमै सांसदले दलाली भने ।

                           
काठमाडौं । मान्छेको स्वर्थ  यस्तो  पनि हुदो  रहेछ भन्ने कुरा  मुख्य सचिवलाई हेरेर अनुमान गर्न  सकिछ । नेपाल सरकारका मुख्य सचिव डा. सुवेदी साउन १ गतेदेखि एडीबीको जागिरका लागि फिलिपिन्सको मनिला जाँदैछन् । काज मिलाएका उनले राजीनामा दिएका छैनन् । यसैवीच सरकारले उनको ठाउँमा राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिवमा नियुक्त गरेको छ ।
                    मुख्यसचिव पदबाट राजीनामा नदिई एडीबीको जागिर खान विदेशिने निर्णयमा पुगेका डा. सोमलाल सुवेदीलाई एक सांसदले संसद  भवन भित्रै ‘विस्तारवाद र साम्राज्यवादका दलाल’ भने पछि हंगामा भएको  छ ।  ती सांसदको यस्तो भनाइलाई व्यवस्थापिका संसदमा रेकर्ड समेत गरिएको छ । विहीबारको बैठकमा बोल्ने अंधिकाँस सांसदहरुले डा. सुवेदीको चर्को आलोचना गरेका हुन् । यसमा सरकारसमेत दोषी भएको भन्दै उनीहरुले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको जवाफ माग गरेका छन् । नेमकिपाका सांसद प्रेम सुवालले मुख्यसचिव सोमलाल सुवेदीले आफूखुसी निर्णय गर्दा पनि सत्तारुढ दल र सरकारमा रहेका मन्त्रीहरु टुलुटुलु हेरेर बसेको बताए ।

सांसद सुवालले भने( ‘मुख्यसचिव त देशभक्त होइन होइन, मुख्यसचिव विस्तारवादी र साम्राज्यवादीहरुका दलाल हुन् । त्यसैले यस्तो तल्लो तहको काममा गएका हुन् ।’सांसद सुवालले यसबारे प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सदनमा जवाफ दिनुपर्ने उनले बताए ।
एडीबीमा जागिर खान जाने निर्णय गरेकै दिन मुख्य सचिव सुवेदीले राजीनामा दिनुपर्ने सुवालले बताए  |व्यवस्थापिका संसदको बिहीबारको बैठकमा बोल्दै एमाले सांसद रेवतीरमण भण्डारीले पनि डा। सुवेदीको कडा आलोचना गरे ।

मुख्यसचिव सुवेदीलाई राजीनामा गराएर मात्रै विदेश पठाउनुपर्नेमा सरकारले त्यसो गर्न नसकेको भन्दै भण्डारीले सरकारको आलोचना गरे । ‘सत्ता र शक्तिको आडमा मुलुकको प्रशासनिक, संवैधानिक र कानुनलाई घोर उल्लंघन गर्न पाइँदैन,’ एमाले सांसद भण्डारीले भने, ‘सरकारको प्रशासनिक सर्वोच्च पद खेलवाडको विषय होइन, यो निर्णय तुरुन्त फिर्ता गर्नुपर्छ ।’

पदमा रहँदारहँदै जागिर खान विदेशिने मुख्य सचिवको निर्णयबाट नेपालको छवि अन्तराष्ट्रिय स्तरमा कमजोर भएको भन्दै भण्डारीले मुख्यसचिव पदबाट डा। सोमलाल सुवेदीले राजीनामा दिनुपर्ने बताए ।

‘मुख्यसचिव पदबाट रिटायर्ड हुँदा ४४ सय बढी पेन्सन पाइने लोभले मुलकको राष्ट्रिय अस्मितामाथि खेलवाड गर्न पाइँदैन,’ उनले भने, ‘यो नेपाल राष्ट्रका निम्ति एउटा गम्भीर नैतिक प्रश्न हो ।’

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget