काठमाडौ । सबैको मुखमा झुन्डिएको गीत हो म यस्तो गीत गाउछु । यसै गीतसंगीतका कारण सर्वाधिक चर्चामा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ आक्रमक रुपले व्यापार गरेको निर्माण पक्षले दावी गरेको छ । पल शाह र पूजा शर्माको जोडी हरेक फिल्महलमा गएका छन भने उनिहरुलाई हेर्न बिहानैबाट काठमाण्डौका हलमा दर्शकको उपस्थिती सुखद देखिएको छ ।
काठमाडौका गोपिकृष्णमा कृष्ण हल हाउसफूल भएपछि शिवायःमा पनि चलचित्र लागेको हल संचालकले बताएका छन् । यस्तै, बिहानी शोमा अष्टनारायण, जय नेपालमा पनि दर्शकको उपस्थिती सुखद छ । सुदर्शन थापा निर्देशित यो चलचित्रले प्रेमको कथा भन्छ । ‘भन्छु आज मनका कुरादेखि किन आजकल तिम्रो मन मैलो भो’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्रलाई दर्शकले सुखद प्रतिक्रिया दिएका छन् ।
यस्तै, शुक्रबारबाट चलचित्र ‘सायद २’ पनि प्रदर्शनको शरुवात बाटै राम्रो व्यापार गरेको छ । यसको व्यापार पनि उस्तै भएको देखिन्छ । दुर्गिस फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । यूवापुस्ताको प्रेमकथालाई यो चलचित्रले देखाउन खोजेको छ ।चलचित्रको प्रमोशन राम्रो गरेका कारण यि दुवै चलचित्रले सफल व्यापार गरेको हो ।