काठमाडौ २९,असार । मेघा स्टार राजेश पाइल राई अचानक अनामनगर स्थित एक्सन गीत रेकर्डि स्टुडियोमा भेटिए । निकै व्यस्त रहेका गायक राजेश पाइल राई स्टुडियोमा सनम पुरुषको संगीतमा गीत गाईरहेका थिए । स्टुडियोमा सनम पुरुष राजेश पाइललाई गीतको शब्द गाउन लाईरहन व्यस्त देखिन्थे ।
“भुल्न मलाई गाह्रो भयो मलाई
तिमीसँगै विताएका पलहरु
छलछलकिदै बगिदिन्छ
आँखाबाट आँसुका भलहरु ”
यी माथी उल्लेखित शब्दहरु रेकर्ड गरिएको गीत हो । आधुनिक गीतमा आफ्नो स्वर भरिरहेका गायक खुशी मुन्द्रामा देखिन्थे । गीतकार प्रिया राईले लेखेको गीतलाई सनम पुरुषले संगीत गरेका हुन् । यस गीतको म्युजिक भिडियो चाडै निर्माण हुने संगीतकार सनमले जानकारी दिए ।