Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नवलको “आस” सार्वजनिक

 काठमाडौं, ३० असार ।   कलेक्सन एल्वममा गीत गाउदै आएका  गायक नवल राईको एल्बम ‘आश’ श्रोतामाझ आएको छ । राजधानिमा एक कार्यक्रकको आयोजना गरि अडियो र भिडियो सार्वजनिक गरिएको छ ।  तिमीलाई देखेपछि, तिमी विना, ताराविना जुन, कस्तो प्रेम, ओ मेरी प्रिया, सिटी बनाउन बोलका ६ वटा गीत समेटिएको एल्बमलाई बुधबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ संगीतकार भुपेन्द्र रायमाझी र प्राज्ञ शान्तिराम राईले संयुक्त रुपमा एल्वमको सार्वजनिक गरेका हुन् ।

एल्बम विमोचनपछि गायक राईलाई शुभकामना दिदै रायमाझीले नवलको स्वरको प्रशंसा गरे । ‘स्वरमा दम छ । यतिको स्वर भएको मान्छेले निरन्तर मेहनत गरे भविश्य सुरक्षित हुनसक्छ’, उनले भने । एल्बमको समिक्षा गर्दै प्राज्ञ संगीतकार शान्तिराम राईले नवलको गायनकलामा शंका नभएको बताए । एकल गीत ल्याउने चलन बढ्दै गएको र  एल्बम कम निकाल्न थालिएकोमा दुख वयत्त गरे । एल्वम भनेको पुस्तक हो ,यहाँ राखिएका गीतहरु नहराउने राईको तर्क थियो ।
                    ‘एल्बम आससँगै नेपाली सांगीतिक क्षेत्रले एउटा राम्रो प्रतिभा पाएको छ’, उनले भने, ‘अव नवललाई केवल अवसरको मात्र खाँचो छ । उनको गायन कलामा कुनै शंका छैन ।’ एल्बममा गायक राईलाई एउटा गीतमा गायिका पुजा सुनुवारले स्वरमा साथ दिएका छन् । एल्बमका ६ मध्ये तीन वटा गीत नवल आफैंले रचना गरेका छन भने तीन वटै गीतमा संगीत पनि भरेका छन । उमेर लम्साल, सनम पुरुषको  शब्द रहेको एल्बममा बाँकी तीनवटा गतिमा ओमप्रकाश राईको संगीत रहेको छ । एल्बमलाई ओसियन म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
सुनसरीको इनरुवा निवासी गायक नवल राई विगत एक दशकदेखी नेपाल प्रहरीमा कार्यरत छन् । ‘गायन मेरो सानैदेखीको सोख र रुची भएकाले ड्युटीबाट बचेको समयलाई संगीतमा खर्च गरेको बताए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget