साना उमेरका बाबुनानीका कारणले स्कुलहरुलाई पनि सहयोग पुग्ने छ । प्रतियोगिताको अडिसन श्रावण २८ गतेबाट सुरु भई राजधानीस्थित सामाखुशी, बौद्ध, कोटश्वर, कलंकीलगायतका स्थानमा डिसन हुने बताए ।’ यस प्रतियोगितामा जर्जका रुपमा नृत्य निर्देशक तथा नृत्य प्राध्यापक केपी पौडेल, नृत्य निर्देशक तथा नृत्य निर्देशक संघ नेपालका महासचिव निरीप केसी रहने छन् भने कुनै एक कलाकार अतिथि जर्जका रुपामा रहने छन् ।दुई हजार बढी बालबालिकाको सहभागी रहने यस प्रतियोगितामा अडिसनपश्चात मेघा अडिसन, थिएटर राउन, उत्कृष्ट १००, उत्कृष्ट ५०, उत्कृष्ट २०, उत्कृष्ट १५ हुँदै उत्कृष्ट १० मा फिनालो हुने छ ।यस प्रतियोगिताका विजेताले एक लाख पुरस्कार पाउने छन् भने फस्ट रनर अपलाई ५० हजार, सेकेण्ड रनर अपलाई २५ हजार, थड रनर अपलाई १५ हजारका साथै ट्रफि, प्रमाणपत्र तथा अन्य गिफ्ट ह्याम्परलगायतका पुरस्कारहरु प्राप्त गर्ने छन् ।
‘ लेट मी डान्स स्कुल च्याम्प’को फारम ‘लेट मी डान्स नेपाल’को अफिसियल फेसबुक पेज, ‘लेट मी डान्स’को एप्लिकेसन र स्कुलहरुबाट भर्न सकिने छ । प्रतियोगितालाई जनता टेलिभिजनबाट प्रत्यक्ष हेर्न सकिने छ । उक्त संस्थाले यसअघि पनि ‘लेट मी डान्स नेपाल’ र ‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’ प्रतियोगिता आयोजन गरिसकेको छ । यी दुई’ प्रतियोगिताहरु अल नेपाल आयोजना गरिएको थियो भने ‘लेट मी डान्स स्कुल च्याम्प’ काठमाडौं, भक्तपुर र लललितपुर तिन जिल्लाबाट गरिँदै छ । यस स्कुल च्याम्पमा जर्जहरुको निर्णय र भोटीङको आधारमा पिलनालो हुने छ ।