फिक्काले साइत जुरायो मंसिरमा ।
काठमाडौ । मानिसमा हराएको जीवनलाई लिएर पर्दामा उतारीएको चलचित्र फिक्का हरितालिका तिजको छेको पारेर विश्वभर प्रर्दशन हुने भएको छ । नेपालमा भने मंसिर १ गतेवाट प्रदर्शन हुनेछ निर्माण पक्षले बताए । रिता खाति सुनारको कथा , पटकथा संवादमा बनेको चलचित्रलाई युवा निर्देशक जनक खड्काले निर्देशन गरेका हुन । एनआरएन अजय सुनुवार, संचारकर्मी समेत रहेका नेशनल मार्सल आर्ट प्लेयर एंव कलाकार दुर्गाराज पाण्डे, मोडल शर्मीला नेपालले यसै चलचित्रबाट नेपाली फिल्ममा डेव्यु गरेका छन् । चलचित्रमा संञ्चारकर्मी राधिका घिमीरे, ईश्वरी बराल, म्याक्टेन कालू, पैसा घिमीरे लगायतको पनि अभिनय रहेको छ । देउराली ईन्टरनेशनल र ट्रिक मिडियाको संयुक्त व्यानरमा बनेको चलचित्रको ९० प्रतिशत काम पुरा भएको निर्देशक खड्काले बताए ।
निर्देशक समाजकी अध्यक्ष एंव नेपालको पहिलो महिला निर्देशक समेत रहेकी निर्माता सुचित्रा श्रेष्ठले चलचित्रले कमर्सीयल विषय भन्दा पनि चलचित्रले नेपाली समाजको वास्तविक स्थीति झल्किने खाल्को भएको दाबी गरेकी छन् । चलचित्रको गित चेतन सापकोटा, म्याकटेन कालु, रिता खाति शव्द रहेको छ भने शिर्ष गीतमा चेतन सापकोटाको शब्द, संगित र तुलसी शिवाकोटीको स्वर रहेको छ। चलचित्रमा सन्तोश सुनारको छायांकन, सुवोध श्रेष्ठको संपादन , अमित श्रेष्ठको पाश्र्व संगित रहेको छ भने चलचित्रको क्रियटीभ निर्देशन विश्वकै सानो किताव आधा ईन्चका लेखक एन वि अन्जानले गरेका छन् । चलचित्र भदौको पहिलो सातादेखी विदेशमा प्रदर्शन हुने भएको छ ।