Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

धरान नगरपालिको मत गणना अन्तिम चरणमा ।

धरान २६ ,असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा नतिजा आउने क्रम जारी छ । कतिपय स्थानमा मत गणना गन्ने क्रम जारिरहेको छ । त्यस्तै एकमात्र धरान उपमहानगरपालिकाको  मतगणना अन्तिम चरणमा पुगेको छ ।
                                       पछिल्लो मतगणना अनुसार एमाले, प्रमुख र उपप्रमुख दुवै पदमा अगाडि छ । प्रमुखका उम्मेदवार तारा सुब्बाले १८ हजार ५ सय ४६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका तिलक राईले १४ हजार ५ सय ६२ र माओवादी केन्द्रका आईन्द्रविक्रम बेघाले ९ हजार २ सय ७६ मत ल्याउनुभएको छ ।  उपप्रमुखमा पनि एमालेकी मञ्जु भण्डारीले १८ हजार ७ सय ६६ मत सहित अग्रता कायम राख्नुभएको छ । कांग्रेसकी श्यामा रेग्मीले १३ हजार ५ सय ५७ मत ल्याउनुभएको छ ।
                          माओवादी केन्द्र सहित आठ दलीय गठबन्धनबाट उपप्रमुखका उम्मेदवार संघीय समाजवादी फोरम नेपालका पारस काम्माङ राईले ४ हजार ५९ मत प्राप्त गर्नुभएको छ ।  धरानका २० वटा वडामध्ये नतिजा आउन बांकी ११, १५ र १७ नम्बर वडाको एक साथ गणना भईरहेको सहकर्मी प्रदिप मेन्याङबोले जनाएका छन् । ५४ जनाले ९ समुहमा ३ वटा वडाको मतगणना गरेकाले आज साँझ सम्म अन्तिम नतिजा आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget