सिन्धुली २३ असार । भुकम्प पिडितलाई लामखुट्टेबाट बच्नका लागी सिन्धुलीका भुकम्प पिडितलाई झुल वितरण गरिएको छ । लामखुट्टेबाट बचौ र बचाऔं भन्ने नाराको साथ उद्धार समाज नेपालले झुल वितरण गरेको हो ।
कार्यक्रम सिन्धुली जिल्लाको कमलामाई न.पा. वडा नं. १० को कुलोखोला गाउँमा पनि उत्त संस्थाले झुल बितरण गरेका छ । यस संस्थाले गाउँका हरेक परिवारलाई २(दुई)ओटाको दरले झुल वितरण गरेका हो । झुल पाएकोमा स्थानियवासी खुशी देखिएका छन् । सरकारले वास्था नगरे पनि विभिन्न संस्थाले सहयोग गरेकोमा खुशी व्यत्त गरे । एक स्थानिय वृद्धले भनिन् अव लामखुट्टे र अन्य किराबाट बचिने भईयो गहभरि आसु पादै भनिन् ।
साथै लामखुट्टेको टोकाईबाट विभिन्न रोगहरु लाग्ने तथा सरुवा रोग सर्ने भएकाले यसमा सजग हुनु पर्ने तथा पानी जम्ने खाल्डा खुल्डी पुर्नु पर्ने लगायतका स्वास्थ्य सम्बन्धी चेतना मूलक जानकारी उत्त संस्थाले गरायो । सोही कार्यक्रममा अधिवक्ता रामचन्द्र श्रेष्ठले भने , भुकम्प ग्रस्त जिल्लामा गएर सहयोग गर्नु राम्रो काम गरेकोमा उद्धार समाज नेपाललाई धन्यवाद दिए ।
भुकम्प ग्रस्त क्षेत्र सिन्धुपाल्चोक जिल्लाका नागरिकले सामाजिक सेवाको लागि संस्था संचालन गरी उल्टो हामीकहाँ आएर सहयोग गरेकोमा लज्जा बोध भएको श्रेष्ठले बताए । साथै कार्यक्रममा उपस्थित सोही ठाउँका राजनीतिक प्रतिनिधीहरुले पनि यस संस्थाको सहयोगलाई कहिल्यै भुल्न नहुने बताए । यो सहयोगमात्र नभई मायाको चिनो पनि हो भनी संस्थाको सहयोगको प्रसंसा गरे । यस संस्थाका अध्यक्षले यो सानो सहयोग मात्र गरेको बताए ।