भानुजयन्ती विविध कार्यक्रम गरि मनाइयो ।
काठमाडौं– आज भानु जयन्ती मनाईरहदा यी ल दिएका हरफहरु सबैले एक पटक मनन् गरेकै हुन्छन् ।
भर् जन्म घाँसतिर मन दिई धन कमायो
नाम क्यें रहोस भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन यस्तो
यी हरफ हरु नेपाली साहित्यका जुनसुकै साहित्यकारहरुले एक पटक पढेकै हुन्छन् ।
नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यका घाँसी कविताका यिनै हरफ बाचन गरेर आज देशभर उनको २०४ औं जयन्ती मनाइदैछ । नेपालीको मन मुटुमा बस्न सफल साहित्यकार मध्ये एक हुन आदिकवि भानुभक्त आचार्य ।
आदिकवि भानुभक्त आचार्य बि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा पण्डित श्रीकृष्ण आचार्यका नाति एवं पिता धनञ्जय आचार्य र माता धर्मावती देवीको सुपुत्रका रुपमा जन्म भएको थियो । जन्मे पश्चात देवीभक्त नाम राखिएपनि तिनै बालक देवीभक्तबाट रामको भक्त अनि नेपाली भाषाको भक्त हुँदै नेपाली साहित्यफाँटमा आदिकवि भानुभक्त बनेर उदाएका थिए ।
यिनै भानुभक्तको योग्दानलाई कदर गर्दै साहित्य प्रेमीहरुले देशैभर
विविध कार्यक्रम गरि मनाईरहेका छन् । जन्मस्थल चुदीरम्घामा जन्मिएका भानुभक्तको जन्म स्थलमा साहित्यिक तीर्थस्थल बनाउने योजना अझै अन्योलमा रहेको छ । भानुभक्तको यही योगदान र कृतिलाई कदर गर्दै नेपालमा वि.स. २००९ सालदेखि भानुजयन्ती मनाउन थालिएको बुढापाकाहरुको भनाई छ । उनलाई नेपालमा आदिकवि, राष्ट्रिय विभूति, जातीय कवि लगायतका नामले चिनिन्छ । हरेक बर्ष असार २९ गते उनको सम्झनामा भानुजयन्ती मनाएर औपचारिकता भईरहेको छ ।