काठमाडौं – सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तलीद्धारा निर्देशित रहेको सामाजिक छोटो चलचित्र ‘हरियो बिल्ला’को ट्रेलर सार्बजनिक भएको छ ।
करिव २ मिनेट २६ सेकेण्ड रहेको उक्त ट्रेलरमा सरसफाई र पारिवारीक प्रेम कथालाई प्रस्तुत गरिएको छ । हाँस्य प्रधान रहेको उत्त चलचित्रमा ग्रामिण खानेपानि तथा सरसफाई कोषका लागि शुभ मिडिया होमले निर्माण गरेको हो । यस चलचित्रमा सिताराम कट्टेल, कुन्जना घिमिरे, कमलमणी नेपाल, अनिता बैजु, जानुका केसी, यादव देवकोटा, सुरज सुनुवार, इन्द्रजित चौलागाँई, बिनोद राई, पल्पसा ढंगोल, लेखान्त भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । नेपालमा कमिदेखिएको सरसफाईलाई यस कार्यक्रमले जनचेतना फैलाउने निर्माण पक्षको विस्वास रहेको छ ।