Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५
  भक्तपुर  । अभिनेता  निखिल उप्रेतीले भक्तपुरमा फुयाँल सुटिङ स्टुडियोको उद्घाटन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि निखिल उप्रेतीले एक कार्यक्रका वीच उक्त स्टुडियोको उद्घाटन गरेका हुन् । निखिले अब राजधानीको नजिकै सुविधासम्मपन्न स्टुडियो निर्माण भए पछि चलचित्र, म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्म सबै गर्न सजिलो हुने भयो भन्दै सफलताको शुभकामना दिए ।
                                         युवा निर्देशक बीबी फुयाँलले मध्यपुर थिमीको राधे राधे नजिकै बोडेमा सञ्चलानमा ल्याएको फुयाँल सुटिङ स्टुडियोको उप्रेतीले एक गरेका छन् । यस स्टुडियोमा ‘चलचित्र मात्र होइन म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्मले छायांकन गर्न सकिने युवा चलचित्र निर्देशक  बी.बी. फुयाँले बताए  । मेरो एकल प्रयासमा स्टुडियो बनाएको छु , यसलाई अगाडी बढाउन सवैको साथ रहेको छ, फयाँलले भने । यसमा बेड रुम, लिभिङ रुम, डाइनिङ हल, जेल, हस्पिटल, अफिस, रेस्टुराँ, बार, क्रोमा सेटसहितका सुविधा उपलब्ध छ रहेको जानकारी गराए । स्टुडियो निर्माण गर्न झन्डै एक वर्ष लागेको र स्टुडियोलाई अन्तर्राष्ट्रियस्तरको बनेको छ’  अव दुई महिनामा अर्को भवन पनि तयार गरिने उनले बताए ।
                    ज्याक श्रेष्ठ, ज्योती काफ्ले, रोयदीप श्रेष्ठलगयातका कलाकारहरुको बाक्लो उपस्थिति रहेको उद्घाटन कार्यक्रममा सबैले स्टुडियोको तारिफ गर्दै बीबीलाई शुभकामना तथा बधाई दिएका थिए ।
युवा निर्देशक बीबीले नेपाली क्रिकेटमा आधारित ‘च्याम्पियन’ सहित झन्डै आधादर्जन चलचित्र निर्देशन गरिसकेका छन् । उनले चलचित्रको निर्देशनको साटो चलचित्रको छायांकन स्थललाई व्यवस्थित बनाउने अभियानका रुपमा नेपालमा सेट लगाएर छायांकन गरिने ट्रेन्ड विकसित भएसँगै एउटै छानामुनि हरेक प्रकारका छायाँकन गर्न सकिने अत्याधुनिक स्टुडियो तयार पारेर सञ्चालनमा ल्याएका हुन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget