भोला अधिकारी
काठमाडौं २४,असार । एक महिनासम्म पनि मन्त्रिमण्डल विस्तार नभएको देउवाले यसविषयमा छलफल तिब्र पारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नेपाली काँग्रेस पार्टी र सत्तारुढ दल नेकपा माओवादी केन्द्रलाई मिलाएर थप मन्त्रिमण्डल विस्तारको तयारी थालेका हुन् ।
यसका लागि देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफललाई तिब्रता दिएका हुन । आजमात्रै राप्रपासहितको तीन दलको बैठक बसालेर पनि छलफल गरेका छन् । आफ्नै पाटी भित्र मतभेद भएका कारण र स्थानिय चुनाबदे रोकिएको मन्त्रिमण्डल चाडै बिस्तार हुने देउवाको भनाई छ । चुनाव सम्पन्न भएको दुई साता बित्दै लाग्दा पनि मन्त्रिमण्डल विस्तार हुन नसकेको हो । देउवाले मन्त्रिमण्डल विस्तार गर्न ढिलाई गर्दैगर्दा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले उनको कार्यशैलीलाई लिएर सार्वजनिक आक्रोश हुन थालेको छ ।
गत बुधबार मात्रै माओवादी प्रवक्ता पम्फा भुसालले भक्तपुरमा आयोजित एक कार्यक्रममा कांग्रेसकै आन्तरिक कारणले मन्त्रीमण्डल विस्तारमा ढिलाई गरेको दावी गरेकी थिईन । उन्ले शेरबहादुर देउवाको आलोचना समेत उत्त कार्यक्रम गरेकी थिइन् । त्यसो त सरकार गठनका वेला कांग्रेसले साना दललाई सरकारमा सहभागि गराउने बचन दिएको थियो । त्यस पश्चात अहिलेसम्म कसलाई सरकारमा लाने भनेर ठोस छलफल गरिएको छैन । साना दलहरुमा नेकपा संयुक्तसहित लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, अखण्ड पार्टी र समाजवादी जनता पार्टी समेत सरकारमा जान इच्छुक रहेका छन् । तर सरकारबाट कुनै पनि छलफलका लागी बोलाईएको छैन ।