Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मृगौला पिडितलाई मनमोहन अस्पतालको यस्तो छ सान्वना ।

काठमाडौं २२असार । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले उपचारमा लापरबाही नगरिएको दावी गरेको । आज प्रेस विज्ञप्ति जारी गदै उत्त कुरा भनिएको छ ।  नुवाकोटका शिव प्रसादको असहमतिमा मृगौला निकालीएको भन्दै चौतर्फी विरोधका बावुत अस्पतालका प्रशासक रामप्रसाद गजुरेलले एक विज्ञप्ति जारी गर्दै  अस्पतालले पत्थरी झिक्नुपर्नेमा  मिर्गौला झिकेको भनि प्रकाशित–प्रशारित समाचारमा  गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा पत्थरीको अपरेशन गर्ने क्रममा  मिर्गौलाको शल्यक्रिया भएको भने साँचो भएको उल्लेख गरिएको छ । तर, पत्थरीको शल्यक्रियाको क्रममा मिगौलाबाट रगत बगेर बिरामीको  ज्यानै जान सक्ने खतरा रहेपछि परिवारकै सहमतिमा मृर्गौला झिकिएको उल्लेख गरिएको छ ।


‘बिरामीको दुबै मिर्गौलामा पत्थरी भएकाले देब्रे मृर्गौलाको २ सेन्टिमिटर लम्बाईको पत्थरी निकाल्ने तयारी हुँदा  परीक्षणबाट उक्त मिर्गौला सामान्य अवस्थामा भन्दा तल मुत्रथैलीको नजिकमा रहेको देखिँदा  निज विरामीको  सीटी स्क्यान र आईभीयु गरी स्वास्थ्य परीक्षण गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘अपरेशन अघि नै बिरामी र बिरामीका आफन्तलाई अपरेशन जटिल र जे पनि हुन सक्ने भनि सम्झाएको भवितब्य परी केहि भएमा दोष दिने छैनौं भनि बिरामी र विरामीका आफन्तले सहि गरेको प्रष्ट छ ।  विज्ञप्तिमा अपरेशनमा संलग्न डाक्टर गुणकुमार श्रेष्डले नै परिवारसँग कुराकानी गरेको पनि  उल्लेख छ । अस्पतालले बिरामीको झिकिएको मृर्गौला  आफूसँग सुरक्षित रहेको उल्लेख गर्दै बिरामीका आफन्तहरुले अस्पताल प्रशासनसँग केहि माग प्रस्तुत गरेको  र सोहि अनुसार माग पूरा गरिदिएको पनि उल्लेख गरिएको छ । यसैबीच मिर्गौैलामा पत्थरी भएर शल्यक्रिया गर्दा चिकित्सकले मिर्गौला नै झिकिदिएको भन्दै रिमालले भने न्यायका लागि अपिल गरेका छन् । अस्पतालले अहिलेसम्म लागेको खर्च बेहोर्ने ।अस्पतालमा  परिवारलाई जागिर लगाईदिने र छोरा छोरी पढाईदिने विज्ञप्तिमा लेखिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget