काठमडौं २२, असार । सर्वनाम थिएटरमा शेक्सपियरको नाटक ‘ह्याम्लेट’ मञ्चन शुरु भएको छ । ३० जुनदेखि आशु शर्माको लेखन तथा निर्देशनमा नाटक मञ्चनमा आएको हो ।
‘ह्याम्लेट’को कथामा चकित पार्ने खालको र मनोरञ्जन रहेको छ । नाटक कमेडीमा प्रस्तुत भएको छ । जिप्सी थिएटर प्रोडक्शनको स्वामित्व तथा हिमान्शु हेक्टर गोयलको नेतृत्वमा मञ्चन भइरहेको नाटकमा आशु शर्मा, सुविना परियार, आना देउजा, अनु दाहाल, परिक्षित विक्रम राना, सुरभी सापकोटा, सन्देश शाक्य, देवेन्द्र साउद, विजय ताम्राकार, हेमन्त चालिसे, साची मुल्मी लगायतको अभिनय रहेको छ । नाटको सेट डिजाइन घनश्याम श्रेष्ठ र आना देउजाले गरेका हुन्, भने राजकुमार पुडासैनीको प्रकाश, ग्लोरी थापाको म्युजिक र कोरियोग्राफी रहेको छ ।
राजेन्द्र भट्ट र अमुल श्रेष्ठले ध्वनी प्रविधि सम्हालेको नाटकको कस्ट्युम र स्टेजको डिजाइन निशा गिरि र निशान गिरिले गरेका छन् । नाटक ८ जुलाई सम्म हरेक साझँ ५ बजे मञ्चनमा आउँनेछ ।