काठमाडौ २२ असार । नेपाली कलाकारहरु भोजपुरी चलचित्रमा भित्रने क्रम जारी छ । नेपाली चलचित्रमा एक्सन नायकका रुपमा चिनिएका विराज भट्ट देखि लिएर द्धन्द्ध निर्देशक चन्द्र पन्तसम्म ।
नेपाली चलचित्रका सफल द्धन्द्ध निर्देशक चन्द्र पन्त अहिले भोजपुरी चलचित्रको निर्देशन गरिरहेका छन् ।‘निरहुवा चलल लण्डन’ नामक चलचित्रको एक गीतको छायांकन नेपालका विभिन्न रमणिय ठाउमा भईरहेको छ । जोमसोम, कागबेनी, पोखरा एयरपोर्टमा ७ दिन लगाएर गरिएको छ । यस फिल्मको गीतमा २० लाख खर्च गरिएको निर्माण पक्षले बताएको छ ।
चलचित्रको करिव ४० प्रतिशत छायांकन नेपाल र ६० प्रतिशत छायांकन लण्डनमा गरिने छ । भोजपुरी चलचित्रका चर्चित कलाकार दिनेशलाल यादव र नायिका आम्रपालिले यो चलचित्रमा अभिनय गरिरहेका छन् । दिनेशले बलिउडका चर्चित कलाकारसँग अभिनय गदै आएका कलाकार हुन् ।