Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

एनआरएनए जर्मनीको अध्यक्ष पदमा रण बहादुर साउदको उम्मेदवारी घोषणा

एनआरएनए जर्मनीको अध्यक्ष पदमा रण बहादुर साउदले उम्मेदवारी घोषणा गरेका छन् ।सन् २००९ देखि एनआरएनएमा सक्रिय रहेर हाल एनसीसी जर्मनीको उपाध्यक्ष रहेका साउदले “नेपालीका लागि नेपाली” भन्ने नारालाई व्यवहारमै लागु गर्नका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन । गैरआवासीय नेपालीहरूको हक हित र अधिकारहरुको लागी सदैव आफु लागि पर्ने प्रण गर्दै साउदले घोषणापत्र जारि गरेका छन् ।
साउदद्वारा जारि गरिएको घोषणापत्र :-
“आदरणिय जर्मनी निवासी दाजुभाई दिदीबहिनीहरुमा

हार्दिक नमस्कार

म रण बहादुर साउद जर्मनी निवासी 
 हजुरहरु सम्पूर्ण एनआरएन आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुको धेरै चिरपरिचीत व्यक्ति सबैलाई सर्वबिधितै छ । म २००९ साल देखि एनआरएनए जर्मनीमा आबद्ध रहेर आजसम्म एनआरएनए जर्मनीको निरन्तर गतिबिधिहरुको अभियानमा चारैजना अध्यक्ष तथा आईसीसीज्युहरुसित विभिन्न पदहरुको जिम्मेवारीको भूमिका निर्वाह गर्ने सुवर्ण मौका मिलेकामा म आफुलाई गर्वका साथ धेरै भाग्यमानी महसुश गरेकोछु ।
एनआरएनए जर्मनीको एलसिसी एनआरडब्लुको सहसंयोजकबाट सुरुवात गरेको एनआरएनए जर्मनीको यात्रा संस्थापक अध्यक्ष दिल गरुङ्ग (दिल दाई) को अध्यक्षता (२००९ र ०११० को कार्यकालमा म एनआरएन जर्मनीको कार्यकारिणी सदस्य, एनआरएनए जर्मनीका अध्यक्ष पुष्प थापाको (२०११ र ०१३) कार्यकालमा युवा संयोजक, एनआरएनए जर्मनीको अध्यक्ष हरेन्द्र वनेमको कार्यकाल (२०१३–०१५) मा उपाध्यक्ष र हाल एनआरएनए जर्मनीका अध्यक्ष नवराज रोस्याराको कार्यकाल (२०१५–०१७) मा पनि फेरी उपाध्यक्षको जिम्मेवारीको भूमिका निर्वाह गरिरहेको छु मैले एनआरएनए जर्मनीमा बिभिन्न पदहरुमा रहेर गरेको ८ बर्ष लामो जिम्मेवारीपूर्ण कार्य अनुभव र आदरणिय जर्मनी निवासी दाजुभाई दिदीबहिनीहरुको साथ सहायोग र आत्मीय समर्थनले मलाई अझ धेरै उर्जा प्रदान गरेकोछ । एनआरएनए जर्मनीको दैनिक गतिबिधिहरुका अभियानहरु निरन्तर रुपमा बहन गरिरहेको जिम्मेवारीहरुले मलाई कार्य क्षमातामा दक्षता र कार्यकुशलतामा अझ धेरै परिपक्कता बनाएको छ । एनआरएनए ग्वोबलको नीति निर्देशन, आदरणीय अग्रजहरुको आशिर्वाद र एनआरएनए जर्मनीका अभियन्ताहरुको सकृय प्रतिबद्धता तथा आदरणिय जर्मनी निवासी एनआरएन दाजुभाई दिदीबहिनिहरुको प्यारो हार्दिक साथ, सहयोग र समर्थनले मलाई आगामी दिनहरुको लागि धेरै शाहसिला प्रेरणाहरु मिलेका छन । एनआरएनए जर्मनीमा लगातार दुई कार्यकाल (२०१३ र०१५) र (२०१५ र ०१७) म उपाध्यक्षको जिम्मेवारी निर्वाह गरी सकेपछि बिधानत वा एनआरएनएको प्रचलन अनुसार तेश्रो पटक एकै पदमा बाहाल हुनसक्दैन । त्येसैले मैले एनआरएनए जर्मनीका सम्पूर्ण आदरणीय अग्रज तथा दाजुभाई र दिदीबहिनीहरुको सल्लाह एबम सुझाबहरु अनुसार २०१७ र ०१९ कार्यकालमा अध्यक्षपदको जिम्मेवारी लिएर जर्मनी निवासी सम्पूर्ण आदरणीय एनआरएन नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको हक हित र अधिकारहरुको लागी “नेपालीका लागी नेपाली” र एकपटकको नेपाली सधैको नेपाली भन्ने एनआरएनएको प्रण वाणीका साथ एनआरएनए जर्मनीको अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेको जानकारी गराउदछु ।” धन्यवाद
प्रार्थी
रण बहादुर साउद
उपाध्यक्ष, एनआरएनए जर्मनी

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget