सल्यान २५,असार । सल्यानको त्रिवेणी गाउँपालिका–५ मा आज बिहान बस दुर्घटना भएको छ । उत्त दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
ना. ४ख ५७५४ नम्बरको बस दाङ घोराहीबाट जादै गर्दा टुनिबोट र सल्लेखोलाको बीचमा दुर्घटना भएको हो । उत्त घटनाका मृतक एकजना सल्यान कोर्बाङ– ९ का रातो खड्का रहेको सल्यानका डिएसपी श्याम खत्रीले जानकारी दिए । अर्का मृतको भने सनाखत हुन सकेको छैन ।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । उनीहरूलाई उपचारका लागि दाङ ल्याइएको छ । अन्य २० यात्रुको सल्यानकै खलंगा, श्रीनगर, लुहाममा रहेका स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
बस तीव्र गतिमा भएकाले दुर्घटना भएको हुनसक्छ’ डिएसपी खत्रीले भने, ‘तीव्र गतीमै साइड दिँदा सडक छाडेर खसेको हो
।’