Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

म्युजिक भिडियोमा अभिनय गर्दै अष्ट्रेलियामा क्रेजी ।

         
काठमाडौं । पछिल्लो समय हास्यव्यंग्य टेलिचलचित्र “डिठ्ठा साब”मा अभिनय गर्दागर्दै अष्टे«लिया पुगेका छन् कलाकार करण श्रेष्ठ क्रेजी ।  उनी घुमफिरको लागि मात्रै अष्टे«लिया पुगेका भने होईनन् उनि  सुटिङका लागी गएका हुन् ।  अष्टे«लिया भ्रमणको मौकामा कलाकार करणले डिठ्ठा साब र एक म्युजिक भिडियोको सुटिङ अष्टे«लियामा गर्न भ्याए । कान्तिपुर टेलिभिजनबाट प्रसारण भईरहेको हास्य व्यंग्य टेलिचलचित्र डिठ्ठा साबको सुटिङ उनकै पहलमा अहिले अष्टे«लियामा भईरहेको छ ।
                       अष्टे«लियामा रहेका नेपालीहरुलाई समेत उनले उक्त टेलिचलचित्रमा अभिनय गराईरहेका छन् । निर्माता तथा वितरक समेत रहेका करण क्रेजी अहिले कलाकारितामा जमिरहेका छन् । करिब डेढ महिना अघि फिल्म फेस्टिबल कार्यक्रममा सहभागी हुन पुगेका करणले एक म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।
गायिका निशा देशारको स्वरमा सजिएको “मनभरि तानाबाना” बोलको गीतको भिडियोमा उनले अभिनय गरेका छन् । उनलाई साथ दिएकी छिन् अष्टे«लियामै बसोबास गर्ने मोडल रमिला अधिकारीले । उक्त गीतमा मोडल रमिलासँग करणलाई रोमान्स गराएका छन् निर्देशक मनोज अधिकारीले । यस गीतको भिडियो अष्टे«लियाका विभिन्न ठाउँहरुमा खिचिएको निर्देशक अधिकारीले बताएका छन् । गीतको म्युजिक भिडियोलाई श्री पराजुलीले खिचेका हुन् । ‘गुमनाम’ एल्बमको यो गीतमा गैरे सुरेशको संगीत र प्रदिप चापागाईको शब्द रहेको छ ।
                   नेपाली फिल्म “जवाफ”बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका क्रेजीले दुई दर्जन भन्दा बढी फिल्महरुमा अभिनय गरिसकेका छन् । अभिनय क्षेत्रमै आफ्नो जीवन समर्पित गर्ने चाहना रहेको बताउने कलाकार क्रेजी यो क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको बताउँछन् । उनी भन्छन्, “म जहाँ गएपनि मेरो कलाकारिता त्यहीँ हुने गर्दछ । तर म कलाकारिताबाट भागेर कहिल्यै विदेश पलायन चाहिँ हुँदिन ।” आफ्नो यो अष्ट्रेलिया भ्रमण दोस्रो पटक भएको उनले बताए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget