सुमन एकलव्य चलचित्रमा अनुवन्धित ।
काठमाडौ । चलचित्रको क्षेत्रमा जम्ने चाहना कसको नहोला, तर पनि आफुले काम गरेको चलचित्र समयमै प्रदर्शनमा आउन नसक्दा दुख लाग्नु स्वभाविक हो । म्युजिक भिडियोमा ब्यस्त सुमन राम्रो ब्यानर र सहज वातावारणमा काम गर्ने टिम भेटे मात्र चलचित्रमा काम गर्ने बताउँछिन् ।
लोक गीतको भिडियो हुदै आधुनिक गीतमा अभिनय गर्दै आफ्नो यात्रालाई निरन्तरता दिरहेकी सुमन ढकाल आकाश राईले निर्देशन गरेको म यस्तो गीत गाउछु चलचित्रको ‘भन्छु आज मनका कुरा सुन्छेउ भने तिमि......’ कबर भिडियोमा अभिनय गरे पश्चात उनको माग र ब्यस्तता झन बढ्न थालेको छ । अभिनय यात्रालाई नछाड्ने मुडमा देखिएकी सुमन ढकाल साउन ३० गतेबाट छायाँकन हने चलचित्र ‘एकलव्य’मा अनुबन्ध भएकी छन । अवि फिल्मस प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्र ‘एकलव्य’ निर्देशन अनमोल शर्माले गर्नेछन् ।