Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

ज्योती मगरलाई शंकरले भने “राम्री तरुनी ” (भिडियो सहित)

        
काठमाडौ २८,साउन । हरितालिका तीज आउदै गर्दा कलाकारहरु तीज गीत बजार ल्याउन तछाड मछाड गरिरहेका हुन्छन  । यसै क्रममा गायक शंकर श्रेष्ठ पनि तम्सिएका छन् । सिन्धुली घर भएका गायक शंकर श्रेष्ठले महिलाहरुको महान चार्ड तीजको अवसर पारेर तीज गीत लिएर आएका छन् ।
                                  शंकर श्रेष्ठ र देवी घर्ती मगरले गाएको गीत “राम्री तरुनी ”बोलको गीतमा  हट मोडल तथा गायिका  ज्योती मगरसँग शिसिर बुढाथोकी र दिपक  श्रेष्ठले रोमान्स गरेका छन् । ” राम्रा राम्रा तरुनी , म बुढो भएनी मन थाम्नै सकिन कसो गरुनी “शब्द रहेको गीतमा ज्योती मगरको बबाल डान्स देख्न सकिन्छ । यसपालीको तीजमा धित मारी नाच्न  आग्रह गरिएको छ । यस अघि शंकरले “दिलकी रानी ”बोलको गीत बजार ल्याएका थिए । जुन आज पनि उतिकै चर्चामा रहेको छ । 

   “दिलकी रानी” बोलको गीत हिट भए पछि हौसिएका शंकरले तीज गीत बजारमा ल्याएको बताए ।  दिपक श्रेष्ठको शब्द संकलन रहेको यस गीतमा लय रादिप सुनुवारले गरेका  छन्  । सागर गौतमको छायाँङकन रहेको भिडियोलाई सम्पादन  अविनाश डिसीले गरेका हुन । यस गीतलाई म्युजिक नेपालबाट सार्वजनिक गरिएको हो । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget