काठमाडौ । चलचित्र निर्माता तथा कलाकार कमल जिसिले संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अनाथ बच्चाहरुको सहयोगार्थ ’तीज उत्सव २०७४’ को आयोजना गर्ने भएका छन । बिगतका वर्षहरुमा जस्तै यो छैठौं तीज उत्सवलाई भव्य र सभ्य रुपमा सफल पार्न आफुहरुले कुनै कसर नछाड्ने आयोजक संस्थाका तील बहादुर कार्कीले बताए ।
संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका महासचिब समेत रहेका जि. सि. ले बच्चाहरुको लागि गरिने यो कार्यक्रमलाई जो कोई दाताले खुल्ला मनले सहयोग गर्न सक्नु हुनेछ भने । नेपाली हिन्दु नारीको महान पर्व तीजको मोनिका इन्टरनेशनल ग्रुरुपको आयोजना ‘सयुक्त अपाङ्ग एकता आवाज केन्द्र’को समन्वयमा काठमाडौंको राष्ट्रिय नाचघर जमलमा शुभकामना आदान, प्रदान कार्यक्रममा हालसम्म संस्थलाई सहयोग गर्नु हुने महानुभाबहरुलाई संस्था मार्फत सम्मान गर्ने कार्यक्रम रहेको । २०७४ भाद्र ५ गते हुने बृहत कार्यक्रममा रामजी खाँड, लक्ष्मी मल्ल, हेमन्त शर्मा, शर्मिला गुरुङ, कमल खत्री, मञ्जु पौडेल लगायत चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहने बताइएको छ ।