Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नेपाली सकिरा इन्दिरा जोशीको गायनमा तीज गीतको व्यापक तहल्का


काठमाडौ ४,भदौ । नेपाली गायन क्षेत्रमा छुट्टै पहिचान बनाएकी इन्दिरा जोशीले तीज गीतमा बबाल गीत लिएर आएकी छन् , हरेक युवायुवतीको ढुकढुकी बन्दै आएकी अत्यन्त चर्चित गायिका इन्दिरा जोशीले यो बर्ष तीज गीत गाएर तहल्का मच्चाएकी छन्।
                                  बढी मात्रामा पप तथा आधुनिक गीतमा रम्दैआएकी गायिका जोशीले आयो बैरी लै बोलको देशप्रेमले सजिएको अनि माइति नेपाललाई सम्झेको अत्यन्त शालिन तीज गीत गाएर सवैलाई हैरान पारेकी छन्। त्यसो त इन्दिरा जोशीलाई नेपाली सकिरा भन्ने गर्छिन्। हट टाइपका गीत गाउन माहिर मानेकी यी नेपाली सकिराको तीज गीतले विदेशमा समेत तहल्लका मच्याएको छ ।
                    विदेशमा रहेकी एक नेपाली चेली जो तीजको दिन माइतिघर नेपाललाई संझेर परदेशमा तीज गीतमा रमाउने ग्र्दछन् । यस्तै प्रसंग रहेको तीज गीतमा नेपालका अत्यन्त चर्चित संगीतकार राजु सिंहको संगीत रहेको छ । छोटो अवधिमा  रेकर्ड गराएर गीतको भिडियो समेत तयार भएको छ। शुक्रबारवाट यस गीतको म्युजिक भिडियो ड्रिम्स गेट नेपालको युट्युब च्यानलवाट वल्र्डवाइड रिलिज भएको छ।
जसमा भरत बमजन र ईश्वर थापाको शव्द रहेको छ। अभिनय नायिका सुषमा अधिकारी, पवित्रा भण्डारी लगायतकाको रहेको छ। छायाँकन शंभु चालिसेले गरेका हुन भने निर्देशन शिव विकको रहेको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget