Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

रंग पत्रकारिता पुरस्कारबाट पत्रकार गीता अधिकारी सम्मानित, पाएको रकम गृह जिल्लाका बाढीपिडितलाई दिने घोषणा ।


काठमाडौ  ।  छायाँछवि चौथो म्यूजिक अवार्ड २०७४ काठमाडौँमा आइतबार सम्पन्न भएको छ ।  अवार्डमा उत्कृष्ट तीज गायिकामा टीका पुन छानिईन । त्यस्तै अर्की लोक गायिका पूर्णकला बिसीको ‘’माइतीघर’’ उत्कृष्ट तीज गीत बन्न सफल भयो । युकेको सारी बोलको गीतबाट टीका पुनले उत्कृष्ट गायिकाको अवार्ड जीत्न सफल भईन ।
                                     गीतकार हरि विष्टले ‘’नदी तिरैमा’’ बोलको गीतबाट उत्कृष्ट तीज गीत शब्द र लयमा अवार्ड हात पारे भने, सोही गीतबाट सञ्जय श्रीपाल उत्कृष्ट तीज गीत मिक्सिङको बिजेता  बन्न सफल भए । “माइतीघर” गीतबाटै एरेन्जरमा विनोद बाजुराली , उत्कृष्ट कोरियोग्राफरमा विक्रम चौहानले अवार्ड प्राप्त गरे गरेका थिए भने आशिष म्यूजिक उत्कृष्ट म्यूजिक कम्पनी घोषित गरिएको थियो  ।

अवार्डको अवसरमा छायाँछवि तीज संगीत स्रष्टा सम्मान २०७४ बाट वरिष्ठ गायिका चन्द्रकला शाहलाई सम्मान गरिएको छ । उनलाई  ११ हजार १ सय ११ रुपैयाँको नगद राशिसहित सम्मान गरिएको हो । कार्यक्रममा  रंग पत्रकारिता पुरस्कारबाट पत्रकार गीता अधिकारीलाई ५ हजार ५ सय ५५ राशिसहित सम्मानित गरिएका हो । आफुले प्राप्त गरेको त्यो रकम आफु जन्मेको  मोरङ जिल्ला केराबारीका बाढीपिडितलाई सहयोग गर्ने घोषणा गरिन । श्रीराज इन्टरटेनमेन्टको तर्फबाट कार्यक्रममा नृत्य प्रस्तुत गरिएको थियो भने गायिका टीका पुन, टीका प्रसाई र राधिका हमालले गायन प्रस्तुत गरेका थिए । त्यस्तै अवार्डका अध्यक्ष शान्तिप्रियले तीजको महत्वबारे बोलेका थिए ।


अन्य अवार्ड बिजेताहरु यसप्रकार रहेका छन् ।
सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ श्यामश्वेत रसाइली (माइती रचेली )
सर्वोत्कृष्ट तीज दोहोरी गीत एरेन्जर कमल सौराग (लाज किन हो)
सर्वोत्कृष्ट तीज दोहोरी नवगायक हरि गिरी विमर्शी (स्वामी राजै)
सर्वोत्कृष्ट तीज दोहोरी नवगायिका स्मृति तिमिल्सिना (दिदीभाइ)
सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द कस्तुप पन्त (हे शिव भगवान)
सर्वोत्कृष्ट तीज दोहोरी गीत लय राजेन्द्र कँडेल (बजाइदेउ मादलु)
सर्वोत्कृष्ट तीज दोहोरी गायक रवि थापामगर (माइती र चेली)
सर्वोत्कृष्ट तीज दोहोरी गायिका सुनिता गुरुङ (हङकङको चुरा)
सर्वोत्कृष्ट तीज दोहोरी गीत कम्पनी हमाल म्यूजिक प्रा।लि। (स्वामी राजै)
सर्वोत्कष्ट तीज दोहोरी गीत मन्जु पौडेल (मेरा झर्के बुढा)
सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल पुरुष सन्दिप न्यौपाने (नाच्नमा एक नम्बर)
सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल महिला दीपाशा बिसी (मैना चरी)
सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादन विष्णु शर्मा (म त नाच्दिन केरे)
सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार करण चैंसिर (आउँछ तिज)
सर्वोत्कृष्ट तीज गीत भिडियो नृत्य निर्देशक विक्रम चौहान (माइतीघर)
सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक प्रकाश भट्ट (माइती र चेली)
सर्वोत्कृष्ट तीज युगल गीत लक्ष्मी न्यौपाने र शारदा बस्याल (झल्को माइती )
सर्वोत्कृष्ट तीज गीत मिक्सिङ सञ्जय श्रीपाल (नदी तिरैमा)
सर्वोत्कृष्ट तीज गीत एरेन्जर विनोद बाजुराली (माइतीघर)
सर्वोत्कृष्ट तीज गीत नवगायिका धनमाया राना (आँगनीको डिलैमा)
सर्वोत्कृष्ट तीज गीत शब्द हरि विष्ट (नदी तिरैमा)
सर्वोत्कृष्ट तीज गीत लय हरि बिष्ट (नदी तिरैमा)
सर्वोत्कृष्ट तीज गीत गायिका टीका पुन (युकेको सारी)
सर्वोत्कृष्ट तीज गीत कम्पनी आशिष म्यूजिक प्रा.लि. (माइतीघर)
सर्वोत्कृष्ट तीज मौलिक तिज गीत पूर्णकला बिसी (माइतीघर)
जुरी अवार्ड कोमल वली र प्रज्ञा शरद –(म त नाच्दिन के रे)
इन्करेजमेन्ट अवार्ड मधु क्षेत्री (पातै फरर)
इन्करेजमेनट अवार्ड एलिना खनाल (दाजु बहिनी)
पपुलर अवार्ड रञ्जिता गुरुङ (मेरै खुट्टाले)
पब्लिक च्वाइस अवार्ड स्वरुपा रसाइली (मिठो बोली)

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget