सक्षम फाउण्डेसनको सप्ताह व्यापी आहतमा राहत कार्यक्रम सम्पन्न
सप्तरी ७,भदौ । सप्तरीमा बाढीले घरबारबिहिन बनाएका परिवारहरुलाई सक्षम फाउण्डेशन नेपालले सप्ताह व्यापी ‘आहतमा राहत’ कार्यक्रम सम्पन्न गरेको छ । खाँडो र जिता नदीको बाँध भत्किएर सप्तरीको कोइलाडी बर्साइन, सकरपुरा, मधेपुरा, तिलाठी, कुशहा, बनरझुल्ला, गोबरगाढा, तोपा लगायतका एक दर्जन जति गाउँ बाढीले जलमग्न बनाको थियो । सो गाउँका अधिकांस सबै परिवार बिस्थापित भएकालाई सक्षम फाउण्डेसन नेपालले बाढी पिडितलाई स्वास्थ्य, बस्ने, खाने, लाउने लगायत को व्यवस्था गरेको हो । सक्षम फाउण्डेसनले राहत सप्ताह व्यापी अभियान ‘आहतमा राहत’ सफलतापूर्वक पुरा गरेको हो ।
उक्त सप्ताहव्यापी अभियानको चार दिन बाढीपिडितलाई चाहिने आवश्यक औषधी, लत्ताकपडा, बस्ने खाने सामान लगायतका सामग्रीहरु संकलन गरेको सबै सामाग्री वितरण गरेका फाउण्डेशनका अध्यक्ष डा.सि।के सिंहले बताए । उक्त अभियानमा ‘रिबन इन्टरनेशनल, मिसेज नेपाल इन्टरनेशनल, किर्तिपुर जेसिस, युथ फर पिस काठमाडौं, नेपाल पब्लिक हेल्थ एसोसिएसन, लोमस फर्मास्यूटिकल्स लगायतका संस्थाले सहयोग गरको पनि हस्तान्तरण गरेको डा. सिंहले बताए ।
उक्त पहिलो चरणको संकलन कार्यक्रम पश्चात फाउण्डेशनले संकलन गरेको बाढी पिडितमा पूर्ण पहुँच बनाउने उद्दश्यले प्रथम दिन सप्तरीको कोइलाडी हटियामा १२ जना डाक्टर र नर्स सहितको स्वास्थ्य शिविरको आयोजना गरि सात हजार पिडित बिरामीले निःशुल्क उपचार तथा औषधोपचार गरेको छ ।
फाउण्डेशनले पहिलो दिनको शिविरमा पुग्न नसकेको अन्य गाउँका पिडितलाइ सहज पहुँच हुन दोस्रो दिनको निःशुल्क स्वास्थोपचार शिविर मधेपुरामा ग¥यो जसमा चार हजार बिरामीले स्वास्थय जाँच, औषधी र बाढी पछिका दिनमा फैलिन सक्ने महामारीबाट कसरी सावधान रही जोगीने सल्लाहसहितका लाभ पाए को स्थानियले बताए ।
फाउण्डेशनले पहिलो चरणमा संकलन गरेको राहत सामग्री बितरण गर्नुअघि अति प्रभावित, मध्यम प्रभावित र सामान्य प्रभावित परिवारको तथ्यांक संकलन प्रभावित स्थलमै गएर सोहि संकलित विवरणको आधारमा फाउण्डेशनले राहत सामाग्री वितरण गरेको फाउण्डेशनका कोषाध्यक्ष देवेन्द्र राज सिंहले बताए ।
बाढीले सकरपुरा गाउँ बडा नं. १ का विपन्न ८ राम(चमार) परिवारका सबै घर पूर्णरुपमा क्षतिग्रस्त भएको र जान आउन समेत बाटो नै दलदल भएको कारणले सो परिवार पूर्ण रुपमा विस्थापित भएका थिए भने गाइ बस्तुहरुलाई नजिकैको सडकको कल्भर्टमा बाँधी आफूहरु सुरक्षित स्थानमा आएको बताए ।
उत्त परिवारलाई संकेतात्मकरुपमा बचेको कल्भर्ट नजिकै तत्कालीन स्थायी तिन टेन्ट घर निमार्ण फाउण्डेशनले गरेको छ ।
संस्थाले तत्काल सबै परिवारकोलागि स्थायी घर निर्माण गर्न सक्षम नभएपनि यो संस्था आफू सक्षम भए बमोजिम उक्त परिवारहरुलाई प्रमुख प्राथमिकतामा राखि तिन ओटा स्थायी घर, सबै परिवारलाइ पुग्ने कम्बल, त्रिपाल, लुगा, औषधीको ‘फस्ट एड बक्स’, पिउने पानी, पिउने पानीको उपचारार्थ पियुस, खानेकुरा, ‘रेडिमेड फुड प्याकेट’, ‘मातृशिशु प्याकेट र आहार’, टर्च सलाई, सिट्टि लगायतका सामग्री हस्तान्तरण गरेको सिँहले बताए ।