काठमाडौ । युवा गायक पदम राईको ‘तिमीलाई देखेपछि’ बोलको गीतको भिडियो सहित सार्वजनिक गरिएको छ ।काठमाडौमा एक कार्यक्रकाबा बिच सार्वजनिक गरिएको हो ।
उत्त गीतलाई विनोद खम्बुको संगीत रहेको छ भने निर्मला बिकको शब्द रहेको छ । यस गीतलाई दर्शक, श्रोताले मन पराउने कुरामा गायक पदम राई आशावादी छन् । लोक आधुनिक भाकाको गीत ‘तिमिलाई देखेपछि’को भिडियो बिशाल राईले खिचेका हुन् । दर्जनौ चर्चित गीत श्रोता माझ पस्किसकेका गायक राई आफ्नो गायकीलाई अझ सशक्त रुपमा अगाडी बढाउने सोचमा छन् ।