Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

अशोकको साँगीतिक यात्रा गीत लेखन देखि एरेन्जरसम्म ।

       
काठमाडौ । हाम्रो कानसम्म आइपुग्दा एउटा गीतमा धेरै जनाको मिहिनेत लागेको हुन्छ । नेपाली गीत सङ्गीतको फाँटमा अनेक स्रष्टा, सर्जकहरुले आफ्नो जीवन व्यतित गरेका छन् । गीतकार, सङ्गीतकार, एरेञ्जर, स्टुडियो प्राविधिक, गायकलगायत सबैको मिहिनेत र परिश्रमबाट एउटा समधुर गीत तयार भएर हाम्रो कानसम्म आइपुग्छ र त्यसको हामीले रस्वादन गर्ने अवसर पाउँछौ ।
                                      पर्दा अगाडि आउने सर्जकको जतिको मिहिनेत हुन्छ, पर्दा पछाडि बस्नेहरुको पनि त्यतिकै मिहिनेतले मात्रै एउटा सुन्दर रचनाहामी माझ आइपुग्छ । यस्तै पर्दा पछि रहेर सुन्दर सिर्जनाहरु गरिरहेको नाम हो अशोक लोहोरुङ राई । बाल्यकाल्यदेखि नै गीत सङ्गीत भनेपछि हुरुक्कै हुने उनको आनी बानीले नै लोहारुङले आजका दिन चुम्न सफल भएका हुन् । ताप्लेजुङ हाङ्पाङको लिम्बु बस्तीमा जन्मिएका अशोक गाउँघरमा हुने धाननाच, हाक्पारे, ख्याली पालाम कहिल्यै पनि छुटाउँदैनथे । गाउँघरमा हुने यि साँस्कृतिक कार्यक्रमनै उनका सुरुका गीत सङ्गीतका अनौपचारिक गुरु थिए भने उनका मामाहरु म्युजिसियन भएकाले उनले उहाँहरुबाटै सुरुका दिनमा सिक्ने मौका पनि पाए ।
                                    चितवनबाट एसएलसीसम्मको अध्ययन गरेका लोहारुङ उच्च शिक्षाका लागि काठमाडौं आए जहाँ उनले ललितकला क्याम्पसबाट गीत सङ्गीतको औपचारिक शिक्षाको शुरुवात गरे । त्यहाँ उनले तवला, भोकल र लोकगीतगरि तीनवटा विषयको अध्ययन गरे ।
आफूमा भएको क्षमतालाई औपचारिक शिक्षा लिएर अझ निखारने काम गरेका लोहारुङ विगत २५ वर्षदेखि यस क्षेत्रमा निरन्तरछन् । यो अवधीमा उनीबाट थुप्रै कालजयी गीत जन्मेकाछन् । गीत लेखन, कम्पोज, एरेन्ज र गायनमा आफूलाई संलग्न गराएका अशोकलाई बढी चिनायो एरेन्जले नै । उनि अहिले व्यस्त एरेन्जरमा पर्छन राजधानीमा । देश विदेशका विभिन्न कार्यक्रमहरुमा पनि व्यस्त रहँदै आएका उनी नेपालका विभिन्न संघ संस्थाहरुमा पनि संलग्न भई सामाजिक कार्यहरुलाई पनि निरन्तरता दिदै आएका छन् । पछिल्लो समय उनको सङ्गीत, यासेली योङहाङको शब्द र अमेरिका निवासी गायीका सेरि ताम्लिङको स्वरमा एलबम तयारीमा रहेको बताउँछन् । केही चलचित्रको गीतमा पनि काम गरेका अशोक लिम्बू गीतसङ्गीतमा एकक्षत्र राज गरेका छन् ।
                                        नेकपा एमाले सास्कृतिक बिभाग सदस्य र जनसास्कृितक माहासङको सचिबालय सदस्य रहेका उनी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा सभा सदस्य रहेका छन् । अन्तरा साङ्गीतिक समुहको संयोजक समेत रहेका उनले हङकङ, ओमन, सिक्किम लगायतका विदेशका विभिन्न ठाउँहरु र नेपालका धेरै ठाउँमा कार्यक्रम प्रस्तुत गरेकाछन् । उनको सक्रियतामा गत माध २९ गते एकल साङ्गीतिक १४ वटा लिम्बू भाषाका गीतको प्रस्तुति वयस्मा लाम्योक हिलिहाङ हाक्पारे पालम सयङ र साँस्कृतिक सस्थानले सयुक्त रुपमा आयोजना गरेकोे  थियोे । ‘अब मेरो सङ्गीत यासेली योङहाङको शब्द र अमेरिका निवासी गायीका सेरि ताम्लिङको स्वरमा एलबम तयारीमा छु’, उनले भने । जन सास्कृतिक माहासंघको संयोजनमा सङ्गीत प्रशिक्षण संचालन समेत गर्दै आएका छन् ।
लिम्बु भाषाको आनी साक्थीम उनको पहिलो चलचित्र थियो जसबाट उनले वाही वाही बटुल्न सफल भए । अर्को चलचित्र मामेमीले पनि राम्रै चर्चा पायो । लिम्बू गीत सङ्गीतलाई एउटा उचाईमा पु¥याउन उनको ठूलो योगदान रहिआएको छ । गीत सङ्गीतको सर्जक सधै एउटा विद्यार्थी हुन्छ, उ जहिले पनि सिक्नेक्रममा हुन्छ भन्ने मान्यता राख्ने लोहारुङबाट अझै थुप्रै कालजयि गीतहरु जन्मिउन अहिलेलाई यही कामना ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget