काठमाडौ २९,साउन । शुक्रबार रातीदेखि परेको अविरल बर्षाका कारण तराईका जनजिवन कष्टकर बनेको छ । तराईमा जनधनको क्षती भइरुहेको छ ।
अहिलेसम्मको तथ्याँङका अनुसार देशभर ४९ भन्दा बढीको निधन भैसकेको छ । त्यस्तै सयौ हराइएको खवर प्राप्त भईरहेका छ । तराईका यस्तो अवस्था देशका विभिन्न क्षेत्रबाट सहयोग सुरु भएको छ । त्यस्तै नेपाली चलचित्र कलाकार संघ, नेपालले पनि बाढी पीडितहरुका लागि ६५ हजार नगद सहयोग गर्ने निर्णय गरेको छ ।
अध्यक्ष रामकेशर बोगटीका अनुसार ‘प्रधानमन्त्री दैविक प्रकोप कोष’मा ६५ हजार नगद सहयोग गर्ने निर्णय गरिएको हो । उनले भने(‘तत्काल हामीले राज्यको दैविक प्रकोप कोषमा ६५ हजार नगद सहयोग गर्ने निर्णय गरेका छौ । संघकै कोषबाट यो रकम सहयोग गरिनेछ, बोगटीले भने ।