Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

राजेन्द्र एरेञ्जर भन्दा नि संगीतमा व्यस्त ।


काठमाडौ  ४,भदौ । धेरै नेपाली गीत, सङ्गीतको फाँटमा अनेक स्रष्टा, सर्जकहरुले आफ्नो जीवन व्यतित गरेका छन् । पर्दा अगाडि आउने सर्जकको जतिको मिहिनेत हुन्छ, पर्दा पछाडि बस्नेहरुको पनि त्यतिकै मिहिनेतले मात्रै एउटा सुन्दर रचना आम स्रोता तथा  दर्शक माझ आइपुग्छ । यस्तै पर्दा पछि रहेर सुन्दर सिर्जनाहरु गरिरहेको नाम हो राजेन्द्र बजगार्ईँ । पारिवारिक वातावरण नै सांगितिक माहोल भएपछि उनी बाल्यकाल्यदेखि नै गीत, सङ्गीत लाग्ने मौका पाए । त्यहि माहोलमा संगीतबारे धेरै बुभ्ने मौका पाएका राजेन्द्रले ‘कस्ले चोर्यो ओठको लाली.....’ बोलको गीतमा सङ्गीत भरे । जुन गीतले उनलाई आम स्रोता दर्शक माझ चिनाएको छ । यसै गीतमा मार्फत साँगितिक मैदानमा होमिएका युवा सङ्गीतकार राजेन्द्र बजगाईले अहिलेसम्म सात सय भन्दा बढी गीतमा सङ्गीत भरिसकेका छन् ।
पन्ध्र वर्ष अघि श्रीकृष्ण गुरुकुलबाट गीत, सङ्गीतको औपचारिक शिक्षाको शुरुवात गरेका उनले अहिले पनि सङ्गीत गुरु चण्डी प्रसाद काफ्लेसंग सङ्गीतको प्रशिक्षण लिइरहेका छन् । आफूमा भएको क्षमतालाई औपचारिक शिक्षा लिएर अझ निखारने काम गरेका बजगाईं यो अवधीमा उनीबाट थुप्रै राम्रा गीत जन्मेका छन् । गीत लेखन, एरेन्ज र गायनमा आफूलाई संलग्न रहेका राजेन्द्रलाई बढी चिनायो सङ्गीतले नै । देश विदेशका विभिन्न कार्यक्रमहरुमा पनि व्यस्त रहँदै आएका उनी हङकङ, मालदिप्स, दुबाई लगायतका मुलुकमा आफ्नो प्रतिभा पस्किसकेका छन् । केही चलचित्रको गीतमा काम गरेका  बजगाईंले छायाँकन भैरहेको चलचित्र ‘एकलव्य’को ‘पश्चिम बग्या कर्णाली त पूर्वै चल्या रेल........’ बाट आशावादी देखिएका छन् । सङ्गीतकार राजेन्द्रले गाएको ‘समयमै टेण्डर हाल जोवन बिक्री छ.......’, ‘नाकको फुलिमा चिप्ल्यो नि मेरो दिल......’ लगायतका चर्चित गीतले उनको सङ्गीत यात्रालाई निरन्तरता दिनेछ भन्ने कुरामा विश्वास लिन सकिन्छ । सबै खाले सङ्गीत भर्न रुचाउने युवा सङ्गीतकार बजगाईं आईटम गीतमा सङ्गीत भर्न बढी रुचाउँछन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget