Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

तिव्र गतिमा सुटिङ हुदैँ “एकलव्य”


काठमाडौ ७,भदौ । युवा निर्देशक अनमोल शर्माद्धारा निर्देशनमा चलचित्र एकलव्य तिव्र गतिमा सुटिङ भईरहेको छ । काठमाडौ भत्तपुर लगाएतमा यसको छायाँङकन भईरहेको छ । एक्शन, कमेडी,लभस्टोरी तथा सामाजिक बिषयवस्तु रहेको चलचित्र दमकेदार हुने निर्माण पक्षले बताएको छ । हिजो दिनभरि बाल कलाकार आयोनेस भट्टराई र शुलभ बम्जन र सुष्मा कार्की वरीपरि क्यामरा घुमिरह्यो ।
                          फ्रेम ठिक छ की छैन, भनेर क्यामरा म्यान कृष्ण श्रेष्ठ निर्देशकको सल्लाह बमोजीम दृश्य लिरहेका देखिन्थे,भने अलमोल शर्मा कट भन्न व्यस्त देखिन्थे ।  यो हिजो दिनभरि सदाबहार रेष्टुरेण्ट, पिङ्गलास्थानमा चलेको कुरा हो । यस चलचित्रमा सोनम थापा, पुष्कर राउत, महिमा सिल्वाल, ओशिन भट्टराई, शुशिल पोख्रेल, उमेश खडका, सुष्मा कार्की, रामचन्द्र अधिकारी, उग्रसेन ढुङ्गाना, राजेन्द्र दुलाल, सीपी पौडेल, नवीन रेग्मी, विराट ल्वागुन, कमल आले, भोला अधिकारी, पेमा लामा, दावा लामालगायतका कलाकारको अभिनय रहने छ ।
अवि थापा निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता राजेन्द्र दुलाल रहेका हुन्् भने कार्यकारी निर्माता प्रविण श्रेष्ठ  छन् । अनमोल शर्मा निर्देशिन योे चलचित्रमा शंकर महर्जनको द्वन्द्व, कृष्ण श्रेष्ठको छायाँकन, भोजराज देवकोटाको लेखन, बसन्त सापकोटा, राजेन्द्र बजगाईंको सङ्गीत, कविराज गहतराज र रामजी लामिछानेको नृत्य रहनेछ ।
                  अवि फिल्मस् प्रोडक्शनको प्रस्तुति रहेको चलचित्र सामाजिक उत्पिडन र त्यसले समाजमा पार्ने असर अनि सामाजिक कुरिति, व्याप्त भ्रष्टाचार, अपराधिकरण, गैर कानुनी प्रवृतिलाई निरुत्साहित पार्ने कथा वस्तुमा निर्माण हुन लागेको हो । त्यस्तै यो चलचित्रमा समाजमा घट्ने साना भन्दा साना घटनाक्रमलाई सस्पेन्स, रोमान्स, कमेडी तरिकाले प्रस्तुत गरिने निर्देशक शर्माले बताए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget