Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गीतकार उप्रेतीलाई उत्कृष्ट गीतकारको अवार्ड



चलचित्रकर्मीहरुको उत्कृष्ट अवार्ड समारोहमा नेपाली भाषी भुटानी गीत कार हरी उप्रेतिलाई उक्त समूदायबाट बर्षकै उत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरेका छन । उप्रेतिको जन्म भुटानमा भएको थियो भने सानै उमेरमा भाषा संस्कृतिकै कारण देश छोड्नु परेको थियो ।अ फ्नो भाषा लाई जोगाउन उनिले नेपालमा शरणार्थी अवस्था देखिनै संघर्ष गरिरहे र अठार बर्ष पछी अमेरिका मा पुनर्वासका लागी नेपाल छोडेका उप्रेतिले भाषाका निम्ती लडिरहे । अमेरिकामा रहेर उनिले आफ्नो समाज र भाषा संस्कृतिका लागी निरन्तर आफ्ना आवज र कलामाहरु चलाई रहे । विगत एक बर्ष अगि उप्रेतिले एकल रचनामा करुणा नामक गीती एल्बम प्रकाशन गरी आफुलाई गीत कारको परिचय दिएका थिए । ट्यस पस्चात चलचित्र धनवान्, टिनेज्, मुर्चुङ्गा लगायत आदा दर्जन भन्दाअ बडी चलचित्रहरुमा गीत ल्खेका छन । चलचित्र क्षेत्रलाई छोटो समयमा उल्लेखित योगदान पुर्‍याएको कुरलाई मुल्यन्कन गर्दै चलचित्रकर्मीहरुको सर्वोत्कृष्ट अवार्ड खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणमा उप्रेतिलाई अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड समारोह अमेरिकाको कोलोराडोको डेन्बर मा अगस्ट १९, २०१७ मा सम्पन्न भएको थियो । बारीष्ठ सिने कर्मी र दर्शकको बाक्लो उपस्थिती माझ उप्रेती अवार्ड प्रदान गरिएको हो ।उक्त समारोहमा नेपाल बाट बारीष्ठ सिनेकर्मी कृष्ण मल्ल, सुनिल थापा, भुवन क सि, टिका पाहाडी लगायतका दर्जनौ कलाकारको उपस्थिती थियो भने अन्य देशबाट पनि त्यतिकै रुपमा उपस्थित भएका थिए । अवार्ड प्राप्त गरे पश्चात यो क्षेत्रलाई अझै मज्बुत बनाएर अगि बढ्न आफुले सक्ने योगदान पुर्‍याउने कुरा बताउनु भयो । उक्त अवार्डले आफुलाई थप जिम्मेवारी दिएको कुरा जानकारी गराउदै सम्पूर्ण खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्मका संस्थापक र आयोजकहाँरुलाई धन्यवाद समेत प्रदान गर्नुभएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget