काठमाडौं, ३१ साउन । पूर्वका गायक सेखर बगडियाको आफ्नै शब्द र स्वरमा सजिएको हुक्का रे... सार्वजनिक भएको छ । गीतलाई विभिन्न सञ्चारमाध्यम र युट्युबाट मार्फत एकसाथ सार्वजनिक गरिएको हो ।
चलचित्र निर्देशक सुब्रत राज आचार्यले निर्देशन गरेको यस गीतका सङ्गीतकार सोहन मानन्धरको रहेको छ एरेन्जर बिजेश्वर तन्डुकार ले गरेका छन । गीतको भिडियोमा कोरियोग्राफी सुनिल छेत्री एवम् नेपाली ठिटो समुहको छ भने निशा जोशी, शुस्मा अधिकारी, सौरभ अधिकारी, पवन अग्रवाल एवम नेपाली ठिटो समुहको अभिनय रहेको छ ।
पप र र्यापमा आधारित यस गीतको भिडियो पश्चिमेली स्टाइलको रहेको र नेपाली गीत सङ्गीतमा बिल्कुल नयाँ प्रयोग गरिएको र युवा पुस्तालाई मध्यनजर गरी बनाइएको भिडियो रमाइलो बनेकोछ । भिडियोलाई मुर्त रुप दिन छांयाकार अर्जुन तिवारीले अत्यन्त मेहनत गरेका छन भने सम्पादकमा भरत रेग्मीले कुशल सम्पादन गरेका छन ।