Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

शिल्पीमा ख्वापाको “ हिउँको धुन ”

काठमाडौं ११,भदौ । ख्वापा नाट्य समुहको प्रस्तुतिमा नाटक “हिउँको धुन ” मञ्चन भएको छ । बत्तिस पुतलीमा रहेको शिल्पी थिएटरमा उक्त नाटक मञ्चन भएको हो । सेइरन बाटोमा हिडिरहेका बेला ओलिभरकी मृत्यु भईसकेकी जेन जस्तै अनुहार गरेकी केटीलाई बाटोमा देख्छे र घिस्याँउदै घरमा ल्याउछे । जेन त मरेकी होइन ,ओलिभर तँलाई गाँडेको ठाँउमा गएको छ ।
 यो भन्दा रेइचल अक्कनबक्क हुन्थे । म जेन होईन म रेइचल हो भनेर पटक पटक भन्दा नी पत्यादिन । ओलिभर र जेनको प्रेम कथा सुनाए पछि रेइचल र ओलिभरको विस्तारै प्रेम पर्न थाल्छ । उता नतालीलाई मुटुको डोनर नपाए पछि ओलिभरले मुटु दिन तयार भएको थाहा पाए पछि रेइचल धेरै रुन्छे । मुटु नतालीलाई दिदैछ भन्ने कुरा ओभिरका बुवालाई समेत थाहा दिएको हुदैन । अन्तत कथाले फरक मोड लिन्छ, ओलिभरले नतालीलाई मुटु दिने दिन बाबालाई इमेर्जेन्सी छ, हस्पिटल आउनु है बाबा भनेर बोलाउँछ । यसो भनिरहदा दर्शकका आँखा रसाएका देखिन्थे । आफ्नो निर्णय तैले आफै गरिस मलाई एक बचन सोध्नु पर्दैन छोरा भनेर आलिभरलाई बाबाले सोध्दा ,आलिभरको जवाफ मैले छोरी नतालीलाई बचाउनु छ बाबा, मैले जेनलाई घुमाइसके अव नतालीलाई गुमाउन चाहान्न तर्क दिन्छन् । 
           तिमी पनि त मेरो छोरो हौ , त्यसैले मेरो छोरो गुमाउन चाहान्न भन्दा नाटक हलमा निकै हुटिङ बर्सियो । यस नाटकले आफ्नोपन र अनाथबालबालिको मनोविज्ञान कस्तो हुन्छ भन्ने प्रस्ट पारेको छ । निकै कारुणिक तथा बालमनोविज्ञानमा आधारित नाटकमा नतालीको भुमिकामा प्रस्तुत भएकी एन्जेलिना न्यौपानेको अभिनय निकै तारिफ योग्या थियो ।नाटकलाई प्रदिप खड्गी ( पासा) ले निर्देशन गरेका हुन् । हेमन तण्डुकार,दिपिका थापा ,प्रदिप नेपाल, सवनम चौधरी,अर्जुन बोहोरा,सुरज सुवेदी (भाइजन), विनोद पौडेल,आयन बिष्ट,अनिषा कोइराला ,सुसान्त तामाङ, विजय सापकोटा ,अंकीत सुनार,शुरेन्द्र कटुवालको अभिनय रहेको छ । नाटकलाई संगीत तथा स्वर राजन थापाले दिएका छन् । नाटकलाई प्रविण खड्गीले लेखेका हुन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget