Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

चर्चित कलाकारको स्वरमा “पत्थरको दिल” एल्वम आउने ।

 काठमाडौ १०, भर्दौ । नवोदित गीतकार तारा प्रसाद चापागाईको मन छुने भावुक शब्दहरुमा सजिएका आधुनिक गीतहरुको एल्वम “पत्थरको दिल”  तयारीे भएको  छ । यो एल्वमका गीतहरुमा चर्चित गायिका अञ्जु पन्त ,गायक राजेश पायल राई, नरेन्द्र प्यासी र गीतकार स्वयंमको स्वर रहेछ ।
“पत्थरको दिल”मा अञ्जु पन्तको स्वरमा रहेको “मर्न झनै गाह्रो ” गीत समावेश रहने छ । उक्त गीतलाई सन्तोष खरेलले संगीत भरेका छन् । राजेश पायल राईको स्वरमा रहेको  “माया गर्नु भुल रैछ ”नरेन्द्र प्यासीको स्वरमा “किन खेल्यौ,पिरतीको खेल ”जस्ता गीत राखिएको छ । त्यस्तै अर्को गीत “आँखाको नानी मेरो ”मा स्वयंम गीतकार तारा प्रसादले गाएका छन् । यस गीतलाई अहिलेका व्यस्त संगीतकार समन पुरुषले संगीत भरेका छन् । एल्वम “पत्थरको दिलले नेपाली संगीत क्षेत्रमा एउटा इटा थप्ने काम भएको र सबै गीत कालजयी हुने गीतकार तारा प्रसादले दाबी गरेका छन् ।
गीतकार “पत्थरको दिल”गीतहरु मध्ये राजेश पायल को स्वरमा सजिएको “माया गर्नु भुल रैछ ”,पत्थरको दिल हुनेसँग बोलको गीतको भिडियो चाँडै निर्माण गरिने भएको छ  । “पत्थरको दिल” एल्वमलाई आम स्रोता तथा दर्शकले मन पराउनेमा तारा प्रसाद विश्वस्त  देखिएका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget