सप्तकोशीको ढोका खोल्न गरेको आग्रह ,मानेन भारतले ।
काठमाडौं । सुनसरीमा रहेको सप्तकोशी नदीले हजारौ नेपाली भुभाग डुवान पार्नुका साथै मानविय क्षती भईरहेका बेला भारतले सप्तकोशीको ढोका खोल्न मानेको छैन । परराष्ट्रमन्त्रीको पहललाई पनि अस्वीकार गरिदिएको छ ।
कोसी व्यारेकका ५६ ढोका मध्ये हालसम्म ३५ वटा मात्र ढोका खेलिएको स्थानियले बताएका छन् । हिजो परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए । तर, मन्त्री महराको पहललाई भारतले नसुनेजस्तो गरेको छ । सप्तकोषी नदीमा पानीको बहाव खतराको संकेतभन्दा माथि छ ।
मन्त्री महराले भारतीय राजदूतलाई काठमाडौंमा र दिल्लीस्थित दूतावासले भरतीय विदेश मन्त्रालयमा ढोका खोल्न आग्रह गरेका थिए । उता कुटनीतिक पहल बढाउनुपर्ने बेला भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय काठमाडौंमै छन् ।
भारतिय अमानविय व्यवहारले नेपाली भुभाग बर्षेनी डुवान पदै आएका छन् । नेपाल सरकार यस विषयमा चुईक्क बोल्न नसक्नु नेपालीका लागी दुखद कुरा हो ।